भूकम्पपीडितलाई राहत र पुनस्थापनामा ढिलाइ हुन्न : मन्त्री बस्नेत | Khabarhub Khabarhub

भूकम्पपीडितलाई राहत र पुनस्थापनामा ढिलाइ हुन्न : मन्त्री बस्नेत


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको बताएका छन् । भूकम्पबाट भएको क्षतिको स्थलगत जानकारी लिँदै मन्त्री बस्नेतले पीडितका लागि तत्काल त्रिपाल, खाद्यान्नलगायत अत्यावश्यक वस्तुको उपलब्ध गराउनेक्रम जारी रहेको बताए । 

भेरी र नलगाड नगरपालिकाभित्रका भूकम्पपीडितसँग भेटघाट गर्दै मन्त्री बस्नेतले राहत र पुनःस्थापनामा ढिलाइ नहुने प्रतिवद्धता व्यक्त गरेका थिए । भूकम्पबाट भेरीको तुलनामा नलगाड नगरपालिकामा बढी मानवीय क्षति हुनाका साथै भौतिक संरचनामा समेत हानि पुगेको छ । भेरी–३ थाप्ले, भेरी–१ रिम्ना, नलगाड–१ को पाली कल्पतनलगाडका वडा नं ४, ५ र ६ मा उहाँले बिहीबार स्थलगत जानकारी लिएका थिए ।

मन्त्री बस्नेतसँग पीडितले अब चिसोबाट जोगिनका लागि आवश्यक पहल गर्न आग्रह गरेका थिए । नलगाड–५  भारगाउँका परिमल सुनारले त्रिपाल मात्रै पर्याप्त नभएकाले अस्थायी टहरा निर्माण गरेर पुनःस्थापनाको कामलाई ध्यान दिन मन्त्री बस्नेतसमक्ष आग्रह गरेका थिए। 

    

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ५ : २० बजे

धेरै कमाउने खेलाडी : कसको आम्दानी कति ?

खराब समयमा गुज्रिएको डेढ वर्ष म्यानचेस्टर युनाइटेडमा बिताएपछि क्रिस्टियानो रोनाल्डो

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा फुल्हम पराजित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले रोमाञ्चक जित निकालेको छ

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठक आज

एनिमलको रेकर्ड : तीन दिनमा ‘२ सय करोड क्लब’ प्रवेश

काठमाडौँ– गत शुक्रबारदेखि प्रदर्शनमा आएको भारतीय फिल्म ‘एनिमलले’ शानदार व्यापार

कान पाक्ने समस्या र यसको उपचार

कान हाम्रो शरीरको अति नै महत्वपूर्ण र संवेदनशील अंग हो।