कतार पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ « Khabarhub

कतार पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वैदेशिक रोजगारीको लागि कतार पठाइदिन्छु भनी  रकम ठगी गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

 मोरङको पथरी शनिश्चरे नगरपालिका–७ घर भई हाल काठमाडौँको मनमैजु बस्ने ३३ वर्षीय भीमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडित अनिता मगरातीलाई वैदेशिक रोजगारीको लागि कतार पठाइदिन्छु भनेर उनले १ लाख ८६ हजार रुपैयाँ ठगी गरेको आरोप छ । कतार पुगेपछि पार्लरमा काम लगाइदिने र मासिक ६० हजार रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारेर उनले पटक-पटक गरी १ लाख ८६ हजार रुपैयाँ रकम लिएको प्रहरीले जनाएको छ ।

रकम लिइसकेपछि तामाङ सम्पर्कविहीन भएकाले पीडितले वैदेशिक रोजगार विभागमा निवेदन दिएकी थिइन् । विभागको अनुरोधमा प्रहरीले तामाङको खोजतलास गर्ने क्रममा  उनलाई बसुन्धराबाट पक्राउ गरिएको हो । 

 गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ५ : २६ बजे

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर