आयात घट्दा बङ्गलादेशको व्यापार घाटा नियन्त्रणमा « Khabarhub

आयात घट्दा बङ्गलादेशको व्यापार घाटा नियन्त्रणमा


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

ढाका– चालु आर्थिक वर्ष २०२३–२४ (जुलाई २०२३ देखि जुन २०२४) को पहिलो त्रैमासिकमा बङ्गलादेशको वार्षिक व्यापार घाटा ७६ प्रतिशतले घटेर एक अर्ब ८२ करोड अमेरिकी डलर भएको बिहीबारको नयाँ आँकडाले देखाएको छ । 

बङ्गलादेश बैंक (बिबी) को तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको जुलाई–सेप्टेम्बरको अवधिमा बङ्गलादेशको आयात भुक्तानी २३ दशमलव ७७ प्रतिशतले घटेर १४ अर्ब ७४ करोड ९० लाख डलर भएको छ । यो अवधिमा निर्यात नौ दशमलव ८५ प्रतिशतले बढेर १२ अर्ब ९३ करोड १० लाख डलर पुगेको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुलुकको निर्यात र आयात भुक्तानीबीचको अन्तर सात अर्ब ५८ करोड डलर भएको अनुमान गरिएको थियो । विदेशमा बसोबास तथा काम गर्ने करिब एक करोड बङ्गलादेशीले पठाएको विप्रेषणले व्यापार घाटाको असरलाई कम गर्न सहयोग गरेको र भुक्तानीको समग्र सन्तुलन बचतमा रहेको बैंकका अधिकारीहरूले बताएका छन् ।  

समीक्षा अवधिमा विदेशमा बसोबास तथा काम गर्ने बङ्गलादेशीले चार अर्ब ९१ करोड डलर विप्रेषण पठाएको बैंकको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्ष बङ्गलादेशको व्यापार घाटा ४८ दशमलव ४१ प्रतिशतले घटेर १७ अर्ब १६ करोड डलर भएको थियो । 

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ६ : १७ बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य