नोबेल पुरस्कार विजेता महम्मदीद्वारा अनसन तोडेको घोषणा | Khabarhub Khabarhub

नोबेल पुरस्कार विजेता महम्मदीद्वारा अनसन तोडेको घोषणा


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

पेरिस– जेलमा रहेका इरानी नोबेल शान्ति पुरस्कार विजेता नार्गिस मोहम्मदीले अनसन तोडेकी छन् । तेहरानको इभिन जेलमा रहेकी ५१ वर्षीया वरिष्ठ अधिकारकर्मी मोहम्मदीलाई ‘इरानमा महिला माथि भइरहेको उत्पीडनविरुद्धको लडाइँका लागि’ अक्टोबरमा नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

इरानमा अनिवार्य गरिएको तर अधिकारकर्मीद्वारा विरोध गरिएको हिजाब लगाउने शर्तलाई नमानिकन उनलाई उपचारका लागि अस्पतालमा भर्ना गराएपछि मोहम्मदीले अनशन तोडेको उनको पारिवारिक श्रोतले जनाएको छ ।

बिहीबार उनको इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरिएको एक सन्देशमा अधिकारकर्मीको परिवारले उनलाई बुधबार परीक्षाका लागि अस्पतालमा स्थानान्तरण गरिएको जनाएको छ । उनी मुटु र फोक्सोको समस्याबाट पीडित छिन् । 

‘अनिवार्य हिजाब नलगाई अस्पताल भर्ना भएपछि र महिला वार्डमा फर्केपछि मैले अनशन तोडेँ,’उनले भनिन्।  मोहम्मदीको परिवारले सोमबार आफू र अन्य कैदीहरूको लागि चिकित्सा सेवाको सीमितता र इस्लामी गणतन्त्रमा महिलाहरूले सार्वजनिक रूपमा कपाल ढाक्नु पर्ने आवश्यकताको विरोधमा भोक हडताल सुरु गरेको बताएको छ ।

मोहम्मदीलाई भेट्न अस्पताल पुगेका साथी र सहयोगीलाई इस्लामिक रिपब्लिक सेक्युरिटी फोर्सले धम्की दिएको र सताएको उहाँका समर्थकले बिहीबार बताएका छन् ।

इरानमा सन् १९७९ को इस्लामिक क्रान्तिको केही समयपछि सार्वजनिक स्थलमा महिलाका लागि अनिवार्य गरिएको हिजाब लगाउन मोहम्मदीले इन्कार गर्दै आएकी छन् ।

उनले हिजाब लगाउन इन्कार गरिरहने कसम खाएकी छन् । ‘महिलाको रूचीबिना नै हिजाब लगाउनु पर्ने कानून उन्मूलन नभएसम्म, म सडकमा यसरी नै हिंड्नेछु, र हिजाब बिना हामी महिलाहरूलाई हिँडेको देखेर तपाईंहरू थरथर काँप्नुहुनेछ,’ उनले इरान सरकार र अधिकारीलाई सङ्केत गर्दै भनिन् । 

पहिलो पटक २२ वर्षअघि पक्राउ परेकी मोहम्मदीले इरानमा मानव अधिकारका लागि अभियान चलाएको आरोपमा विगत दुई दशकको अधिकांश समय जेलभित्र र बाहिर बिताएकी छन् । 

सन् २०२१ को नोभेम्बरदेखि जेलमा रहेकी उनले आठ वर्षदेखि फ्रान्समा रहेका आफ्ना छोराछोरीसँग भेट गर्न पाएकी छैनन् । सन् २०२२ को सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको हिरासतमा मृत्यु भएपछि जेलबाट नै इरानमा महिनौँ लामो विरोध प्रदर्शनको नेतृत्व गरेकी मोहम्मदीले नोबेल पुरस्कार दिने घोषणा गरिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ६ : ४८ बजे

रास्वपाद्वारा रुसी सेनामा रहेका नेपालीको विवरण पत्ता लगाउन सरकारको ध्यानाकर्षण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले रुसी सेनामा स्वस्फूर्त भर्ना भएका नेपालीको

एनसेल सेयर खरिदबिक्री प्रकरण : सांसद अमरेशकुमार सिंहले सर्वोच्चमा हाले रिट (निवेदनसहित)

काठमाडौं- एनसेलको शंकास्पद सेयर खरिदबिक्री प्रकरणविरुद्ध सांसद अमरेशकुमार सिंहले सर्वोच्च

चोरीका दुई नाल हतियारसहित तीन जना पक्राउ

काठमाडौं- चोरीका दुई नाल हतियारसहित तीन जनालाई पक्राउ गरिएको छ

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई छिटो टुङ्गोमा पुर्‍याउनुपर्छ : सभामुख घिमिरे

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सहमतिमा नै

एसीसी यू १९ एसिया कप : नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

काठमाडौं- एसीसी यू १९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग नेपाल