बाहिरका मान्छेसँग सम्पर्क गरेको आरोपमा चीनमा तिब्बती बौद्ध भिक्षु पक्राउ « Khabarhub

बाहिरका मान्छेसँग सम्पर्क गरेको आरोपमा चीनमा तिब्बती बौद्ध भिक्षु पक्राउ


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- बाहिरका मान्छेसँग सम्पर्क गरेको आरोपमा चीनमा  एक जना तिब्बती बौद्ध भिक्षु पक्राउ परेका छन् । चीनको गान्सु प्रान्तमा रहेको टासी गुम्बाका भिक्षुलाई आफ्नो क्षेत्रबाहिरका मानिससँग सम्पर्क गरेको आरोपमा पक्राउ गरिएको हो ।

रेडियो फ्रि एसियाका अनुसार बौद्ध भिक्षु कुन्चोक दाक्पालाई अक्टोबर महिनाको पहिलो साता थेवो काउन्टीबाट पक्राउ गरिएको चिनियाँ अधिकारीले पुष्टि गरेका छन् । यद्यपि उनलाई कहाँ राखिएको छ भन्नेबारे केही खुलाइएको छैन ।

उनले यसअघि भारतको धर्मशालामा रहेको कीर्ति गुम्बा पुगेर अध्ययन गरेका थिए । कीर्ति गुम्बा निर्वासित तिब्बती नेता दलाई लामा र निर्वासित तिब्बती सरकारको प्रमुख स्थान मानिन्छ ।

उनलाई यसअघि पनि चिनियाँ अधिकारीहरुले बारम्बार पक्राउ गरी सोधपुछ गर्ने गरेको बताइएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ७ : १० बजे

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ