मध्यपुरठिमीमा फेला परेको चितुवा नियन्त्रणमा | Khabarhub Khabarhub

मध्यपुरठिमीमा फेला परेको चितुवा नियन्त्रणमा


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको मध्यपुरठिमी नगरपालिका– ३ कौशलटारमा फेला परेको चितुवालाई नियन्त्रणमा लिइएको छ। उक्त चितुवाले दुई जनालाई घाइते बनाएको थियो ।

गठ्ठाघरस्थित प्रवीन आयल स्टोरको उत्तरतर्फ रहेको बस्नेत टोलमा स्थानीय पवित्रा सुनारको घर परिसरभित्र पसेको चितुवाको आक्रमणबाट ३३ वर्षीया सङ्गीता आलेमगर र काभ्रेपलाञ्चोक भुम्लुकी ६५ वर्षीया अमृता कँडेल आज घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

चितुवाको आक्रमणबाट घाइते दुवै जनाको मध्यपुर अस्पतालमा उपचार गरी घर फर्काएको उनले जानकारी दिए। दुई घरको बीचमा फसेको चितुवा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालय भक्तपुरको टोलीले पाँच घण्टापछि चितुवालाई नियन्त्रणमा लिए डिभिजन वन कार्यालय भक्तपुरलाई बुझाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ८ : ३६ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ