मध्यपुरठिमीमा फेला परेको चितुवा नियन्त्रणमा « Khabarhub

मध्यपुरठिमीमा फेला परेको चितुवा नियन्त्रणमा


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको मध्यपुरठिमी नगरपालिका– ३ कौशलटारमा फेला परेको चितुवालाई नियन्त्रणमा लिइएको छ। उक्त चितुवाले दुई जनालाई घाइते बनाएको थियो ।

गठ्ठाघरस्थित प्रवीन आयल स्टोरको उत्तरतर्फ रहेको बस्नेत टोलमा स्थानीय पवित्रा सुनारको घर परिसरभित्र पसेको चितुवाको आक्रमणबाट ३३ वर्षीया सङ्गीता आलेमगर र काभ्रेपलाञ्चोक भुम्लुकी ६५ वर्षीया अमृता कँडेल आज घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

चितुवाको आक्रमणबाट घाइते दुवै जनाको मध्यपुर अस्पतालमा उपचार गरी घर फर्काएको उनले जानकारी दिए। दुई घरको बीचमा फसेको चितुवा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालय भक्तपुरको टोलीले पाँच घण्टापछि चितुवालाई नियन्त्रणमा लिए डिभिजन वन कार्यालय भक्तपुरलाई बुझाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ८ : ३६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु