क्यूएस र्‍याङ्किङको एसियाली सूचीमा भारतका १ सय ४८ विश्वविद्यालय परे, चीनका १ सय ३३ मात्रै « Khabarhub

क्यूएस र्‍याङ्किङको एसियाली सूचीमा भारतका १ सय ४८ विश्वविद्यालय परे, चीनका १ सय ३३ मात्रै


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- विश्वविद्यालयहरुको वरियता निर्धारण गर्ने प्रतिष्ठित संस्था क्यूएसले जारी गरेको नयाँ एसियाली सूचीमा भारतका १४८ विश्वविद्यालय परेका छन् । नयाँ सूचीअनुसार भारतले चीनलाई उछिनेको छ ।

गत बुधवार जारी भएको क्यूएस एशिया युनिभर्सिटी र्‍याङ्किङ २०२४ मा चीनका १३३ विश्वविद्यालय परेका छन् । सूचीमा ३७ वटा भारतीय विश्वविद्यालयले पहिलो पटक प्रवेश पाएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार भारतका ७ विश्वविद्यालय शीर्ष १०० मा परेका छन् । यसअनुसार आईआईटी बम्बई ४० औँ स्थानमा रहेको छ । क्यूएसले जारी गरेको सूचीमा २५ एसियाली मुलुकका ८५७ विश्विद्यालयहरु रहेका छन् ।

भारतको वर्तमान सरकारले सन् २०२० बाट लागू गरेको नयाँ शिक्षा नीति (एनईपी) का कारण पछिल्लो समय भारतीय विश्वविद्यालयहरुको गुणस्तर तथा विश्वसनीयता बढदै जान थालेको एएनआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ९ : ४५ बजे

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय ?

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै

विपद् भोगिरहेको नेपाललाई सघाउन संयोजक दाहालको अपिल

रसुवा– नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’