देशभक्त विद्यार्थी उत्पादन गनुपर्छ : बिजुक्छे « Khabarhub

देशभक्त विद्यार्थी उत्पादन गनुपर्छ : बिजुक्छे


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भक्तपुर –नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले देश र जनताको सेवा गर्ने देशभक्त विद्यार्थी उत्पादन गर्नु हरेक शैक्षिक प्रतिष्ठानको दायित्व भएको बताएका छन् ।

आज वागीश्वरी कलेज, वागीश्वरी कलेज अफ म्यानेजमेन्ट र वागीश्वरी माध्यमिक विद्यालयको उद्घाटन गर्दै नेता विजुक्छेले राष्ट्र र राष्ट्रियताको रक्षा गर्ने तथा राष्ट्रप्रेम जागृत हुने पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिए।

बिजुक्छेले भने, “देश र जनताको सेवा गर्ने भावना हाम्रा विद्यार्थीमा विकास गर्नुपर्छ ।” उनले बढ्दो वैदेशिक हस्तक्षेपविरुद्ध प्रतिरोधको क्षमता आजका विद्यार्थीमा जगाउनुपर्नेमा जोड दिए।

कलेज व्यवस्थापन समिति अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वागीश्वरी कलेजले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको दाबी गरे । नेमकिपा केन्द्रीय सदस्य एवं वागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष एवं वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्व, कलेजका प्राचार्य धनकुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ९ : ४७ बजे

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले

संविधान दिवसमा सुनसरीमा प्रभातफेरी

इनरुवा- संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम

टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू) 

काठमाडौं- नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर

पाकिस्तानमा प्रहरी मुख्यालयमा आक्रमण, ३१ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको विस्फोट र

‘संविधानद्वारा सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिगो शान्ति, सुशासन,