देशको समृद्धिका लागि बामपन्थी दलबीच एकता हुनुपर्छ : झलनाथ खनाल « Khabarhub

देशको समृद्धिका लागि बामपन्थी दलबीच एकता हुनुपर्छ : झलनाथ खनाल


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ललितपुर – पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशको समृद्धि र राजनीतिक स्थिरताका लागि बामपन्थी दलहरुबीचको एकता अपरिहार्य रहेको बताएका छन्।

शुक्रवार पत्रकार अमृतनाथ तिमल्सिनाले खेलेको समृद्धि सरोकार नामक पुस्तकको बिमोचन गर्दै नेता खनालले ललितपुर जिल्लाका बामपन्थी नेताहरुलाई साक्षी राखेर एकताको कुरा गरेको भन्दै उनले ललितपुरबाटै यसको पहलकदमी हुन जरुरी रहेको बताए।

उनले पुस्तकका लेखकले विधि, विकासको अभ्यास र प्रणालीका बारेमा चिरफार गरेको भन्दै समृद्धि यात्रामा लेखकले सुझाएका विषय महत्वपूर्ण भएको समेत बताए।

पुस्तक बिमोचन समारोहमा बोल्दै नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले तिमल्सिनाले लेखेको पुस्तकमा समृद्धिका सम्भावना र चुनौतीका विषयमा समेत चिरफार गरिएको भन्दै यसले राजनीतिक दलहरुलाई समेत योजना बनाउन र कार्यान्वयन गर्न सहज पार्ने बताइन्।

नेकपा एमालेकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुनिता बरालले पुस्तकमा शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पर्यटनजस्ता क्षेत्रको विकासमा नीति निर्मातालाई बाटो देखाएको भन्दै युवापुस्ताले देश विकासका विषयमा चिन्ता राख्नुपर्ने धारणा राखिन्।

बरिष्ठ बामपन्थी नेता माधव पौडेलले तिमल्सिनाले लेखेको पुस्तकले विकासका आयामलाई व्याख्या मात्र गरेको नभइ समृद्धिका लागि मार्गदर्शन पनि गरेको भन्दै लेखकलाई धन्यवाद दिए।

पत्रकार तिमल्सिनाले विभिन्न पत्रपत्रिकामा प्रकाशित र नयाँ बिचारसमेत समेटेर समृद्धि सरोकार नामक पुस्तक प्रकाशन गरेका हुन्। ग्रामिण पत्रकारितामा चासो राख्ने लेखक तिमल्सिनाको यो सातौँ पुस्तक हो।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ९ : ५९ बजे

रसुवाको बाढीपछि २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

काठमाडौँ– रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि सुरक्षाकर्मीसहित

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको