शासकलाई किन हुन्छ सुरक्षा जोखिम ? | Khabarhub Khabarhub

शासकलाई किन हुन्छ सुरक्षा जोखिम ?

सत्ता, विद्रोह र ठुला नेताको हत्या


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

रोमन सम्राट् डोमिटियनले ठट्टाकै भाषामा एउटा यथार्थ बोलेका थिए, ‘सम्राट् हुनु साँच्चै कठिन कुरा हो,’ उनले भने, ‘सम्राट्हरूलाई आफू मर्ने अघिसम्म मारिने कुरा बेतुकको कुरा लाग्न सक्छ।’ त्यस अभिव्यक्तिको केही समयमा डोमिटियन मारिए। सम्राट् र शासक हुनु साँच्चै कठिन मात्र होइन दुखदायी पनि हो। कुनै शासकको मनोवृत्ति यो हो कि उसले विद्रोह र सत्ता च्युतले उसको मस्तिष्कलाई यसरी गाँजेको हुन्छ कि मर्नु अघिसम्म उनले मारिने सम्भावनामा सोच्न समेत भ्याउँदैन।

यसै बिच रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन भने यस वर्ष डराए। मे महिनामा त्रिमियामा भएको ड्रोन आक्रमणपछि पुटिनले आफ्नो ज्यान खतरामा भएको कुरा उल्लेख गरे। रुसी गुप्तचरले गलत सूचना दिएको यो पुटिनमाथि साँच्चै खतरा भएको भन्ने विषय एउटा हो। तर, सत्य के हो भने पुटिन धेरै अर्थमा अप्ठेरोमा परेका छन्।

कुनै शासकको मनोवृत्ति यो हो कि उसले विद्रोह र सत्ता च्युतले उसको मस्तिष्कलाई यसरी गाँजेको हुन्छ कि मर्नु अघिसम्म उनले मारिने सम्भावनामा सोच्न समेत भ्याउँदैन।

युक्रेनमाथिको आक्रमण पछि यसको चौतर्फी असर परेको छ। नागरिकको जीवन अप्ठेरोमा परेको छ। वाग्नर समूहको प्रभाव बढ्दो छ। सरल जीवन बिताइ रहेका रुसी नागरिक अहिले जीवन यापनको सङ्कटमा परेका छन्। यी सबैको मूल कारण नै पुटिनको युक्रेन आक्रमण बनेको छ।

एउटा तानासाह शासक हुने क्रममा नै धेरैलाई दुःख दिने बाटो लिएको छ। उनको बाटोमा पीडित जब कानुनी बाटो हुँदैन। तब बदलाको भावमा कुनै पनि कदम चाल्ने सम्भावना जीवितै रहने सम्भावना स्वाभाविक हो।

सन् २०११ को अक्टोबरमा अरब स्प्रिङ क्रान्तिको समय थियो। पुटिन आफ्ना निकट कर्णेल गद्याफीको हत्याको दृश्य हेरिरहेका थिए। पुटिनका अर्का निकटस्थ सिरियाका बसर अल असाद त जीवित रहे। परन्तु पुटिनलाई भने सन् १९९९ देखि नै डर थियो। बोरिस यल्तसिनले सत्ता हस्तान्तरण गरेपछि पुटिनले प्रश्न गरेका थिए, ‘मैले मेरा परिवारको जीवन रक्षा कसरी गर्ने हो ?’

संसारका शासन पद्धति फेरिएको छ। केही शताब्दी अघि शासकको चासो हतियार र कब्जामा हुने गरेको थियो। अहिले शासकको चासो अर्थतन्त्रमा पकड र आर्टीफीसीयल इन्टिलिजेन्ससम्म पुगेको छ।

संसारमा सन् २००० देखि यता केही गैर लोकतान्त्रिक शासनको उदय धेरै देशमा भएको छ। जसको बर्खास्त सायद कानुनी बाटोबाट सहज देखिँदैन। यसै कारण सुरक्षाको जोखिम पनि स्वाभाविक बन्दै गएको छ।

संसारका शासन पद्धति फेरिएको छ। केही शताब्दी अघि शासकको चासो हतियार र कब्जामा हुने गरेको थियो। अहिले शासकको चासो अर्थतन्त्रमा पकड र आर्टीफीसीयल इन्टिलिजेन्ससम्म पुगेको छ।

संसार अझै धार्मिक अतीवादले आक्रान्त छ। धेरै स्थानमा धार्मिक सम्प्रदायको हिंसा भइरहेको छ। राजनीतिक नेतृत्व माथि सुरक्षाको प्रश्न यस कारण पनि उठ्ने गरेका छन्। लेबर पार्टीकी पूर्व नेतृ तथा न्युजील्यान्डकी पूर्व प्रधानमन्त्री जाकिन्डा अर्डानले १९ जनवरी २०२३ मा पदबाट राजीनामा दिएकी थिइन्।

राजीनामाको बाबजुद गुप्तचरले दिएको सूचनाको आधारमा उनी र उनका परिवारका लागि २४ घन्टे सुरक्षा व्यवस्था मिलाइएको थियो। कम उमेरमै शासन हात पारेर संसारमै चर्चामा आएकी थिइन्। नेतृकै शासनकालमा सन् २०१९ मा क्राइस्ट चर्चमा इस्लाम धर्मावलम्बीले प्रार्थना गरिरहेको समयमा आक्रमण भएको थियो। बन्दुकधारीबाट भएको सो आक्रमणमा ५१ जनाको ज्यान गएको थियो।

न्युजील्यान्डको स्वतन्त्र अनुसन्धान समूहका निर्देशक काटे हानाहका अनुसार सोही समयदेखि अर्डानमाथि सुरक्षा प्रश्न खडा भएको थियो। सोही समयमा अर्डानको विरुद्धमा सडकमा हिजाब लगाएर ठुलो प्रदर्शन भएको थियो। सन् २०१९ देखि नै सामाजिक सञ्जालमा अर्डानको विरुद्धमा आक्रोश देखिन थालेको थियो।

अकल्यान्ड विश्व विद्यालयका अनुसन्धानकर्ताले सन् २०१९ यता अर्डान लगायत ६ जनाको नेताको बारे सामाजिक सञ्जालमा पोस्ट भएका सामग्रीको अध्ययन गरेका थिए। अर्डान माथि ५० देखि ९० गुणा बढी घृणाको भाव देखिने पोस्ट भएका थिए।

अनुसन्धानकर्ताले जाब, फोरचान, टेलिग्राम रेडिट र स्कनको अध्ययन गरेका हुन्। सो अध्ययनमा १८ हजार उनको बारेको पोस्टमा पाँच हजार चार सय ३८ अत्यन्त घृणाको भाव देखिएको थियो। सो कमेन्टमा रिस प्रस्ट देख्न सकिन्थ्यो।

अकल्यान्ड विश्व विद्यालयका अनुसन्धानकर्ताले सन् २०१९ यता अर्डान लगायत ६ जनाको नेताको बारे सामाजिक सञ्जालमा पोस्ट भएका सामग्रीको अध्ययन गरेका थिए। अर्डान माथि ५० देखि ९० गुणा बढी घृणाको भाव देखिने पोस्ट भएका थिए।

संसारको इतिहास हेर्ने हो भने अप्रत्याशित रूपमा नरसंहार हुने गरी भएका आक्रमणपछि त्यस नरसंहारका प्रमुख योजनाकार तथा नेताको कुनै नै कुनै समय ज्यान गएको छ। अमेरिका लगायत पश्चिमा शक्तिको अगाडि ती सबै ज्यान गुमाउन बाध्य भएका हुन्।

अमेरिका र इजरायल मिलेर प्यालेस्टाइन र लेबनानमा अरबमाथि ज्यादती गरेको आरोप लगाउने ओसमा बिन लादेनको योजनामा सन् २००१ को ११ सेप्टेम्बर ११ मा अमेरिकाको टुवीन टावरमा आक्रमण भएको थियो। त्यसपछि अमेरिकाको निरन्तर प्रयासमा २ मे २०११ मा लादेन पाकिस्तानको अबुदाबादमा मारिए।

इराक युद्धमा महत्त्वपूर्ण भूमिका रहेका इराकी सेना प्रमुख सद्याम हुसेनको योजनामा २ अगस्ट १९९० मा कुवेतमा आक्रमण भएको थियो। सो युद्धलाई खाडी युद्धको नामले चिनिन्छ। १९ अगस्टका दिन हुसेनले कुवेत इराकको १९ औं प्रान्त भएको औपचारिक घोषणा गरेका थिए। अमेरिकी नेतृत्वमा नेटो सेनाले कुवेतलाई स्वतन्त्रता मात्र दिलाएन। यसै कारण हुसेनले ज्यान गुमाउनु परेको थियो। उत्तरी बगदादको कादीमियामा ३० डिसेम्बर २००६ मा हुसेनलाई झुन्ड्याइएको थियो। ७ अक्टोबरको दिन हमासले आक्रमण गरेपछि इजरायलले अहिले प्यालेस्टाइनमा बम बारी गरीरहेको छ।

संसारको इतिहास हेर्ने हो भने अप्रत्याशित रूपमा नरसंहार हुने गरी भएका आक्रमणपछि त्यस नरसंहारका प्रमुख योजनाकार तथा नेताको कुनै नै कुनै समय ज्यान गएको छ। अमेरिका लगायत पश्चिमा शक्तिको अगाडि ती सबै ज्यान गुमाउन बाध्य भएका हुन्।

इजरायलले हमासलाई सखाप पार्ने योजना त सार्वजनिक गरिसकेको छ। ठुला हमास नेताको पोस्टर सार्वजनिक गर्दै कुनै हालतमा नछाड्ने जनाएको छ। यसरी इजरायलको लक्ष्यमा रहनेमा हमासका शीर्ष नेता इज एल डिन अल कासम ब्रीगेज, उनका मुख्य सहयोगी मार्वन इसा तथा हमास नेता याहा सिनवार छन्। ७ अक्टोबरका दिन भएको आक्रमणमा ५८ वर्षका यी तीन नेताको मुख्य योजना थियो।

धेरै समीक्षकले भने यो दीर्घकालीन समस्या हुन नसक्ने जनाएका छन्। धेरैको मत यो छ कि कालान्तरमा फेरि ७ अक्टोबरकै जस्तो घटना हुने या ठुला नेतामाथि आक्रमण हुनसक्ने अनुमान विज्ञहरूको छ। यस अघि इजरायलले यी तीन नेता मार्न गरेको बारम्बारको योजना तुहिएको थियो। सन् २०१४ मा सिनवार आक्रमणमा परी लङ्गडो भएका थिए। परन्तु उनले छोरा र छोरी गुमाएका थिए।

संसारमा पछिल्लो दशक भएका राजनीतिक हत्या कुनै आतङ्ककारी घटना पछिको प्रत्याक्रमणको रूपमा भएको छ। या त कुनै शासक तानाशाह भएका कारण भएका छन्।

डेमिटियनले भने जस्तै कुनै शासकको हत्या योजना सार्वजनिक गरिने विषय होइन। तसर्थ उनले भने जस्तै हरेकमा केही जोखिम हुन सक्छ। आर्टीफीसियल इन्टलिजेन्सका कारण नेतृत्व विरुद्धको आक्रोश पत्ता लाग्ने भएका कारण सुरक्षित हुने उपाय भने नभएका होइनन्।  स्रोतः टाइम्स म्यागेजिन, रोयटर्स

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ८ : ०३ बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल साउन १ गते मंगलबार तदनुसार

आज २०८१ साल साउन १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १ गते मंगलबार तदनुसार

सिमलताल घटनाः बेपत्ता बसको खोजीका लागि भारतबाट विज्ञ ल्याइने

काठमाडौं – नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरासँगै खसेको दुई बस

जुम्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

जुम्ला – जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा