प्रधानमन्त्रीसँग मधेस सरकारका प्रतिनिधिहरूको भेट, सङ्घीय कानुन निर्माण गर्न ध्यानाकर्षण « Khabarhub

प्रधानमन्त्रीसँग मधेस सरकारका प्रतिनिधिहरूको भेट, सङ्घीय कानुन निर्माण गर्न ध्यानाकर्षण


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मधेस सरकारका प्रतिनिधिहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा संवैधानिक व्यवस्थाअनुसारको सङ्घीय कानुन निर्माणको विषयमा छलफल भएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमाको टोलीले संविधानले व्यवस्था गरेअनुसार सङ्घीय कानुनहरू छिटो निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो।

टोलीले एक महिनाभित्र निजामती सेवा ऐन र प्रदेश प्रहरी समायोजन गरिसक्न सङ्घीय सरकारलाई अल्टिमेटम दिएकोमा सो अवधि पूरा भएको भन्दै आफूहरू सङ्घर्षमा जाने समेत बताएका थिए ।

भेटका क्रममा प्रधानमन्त्री दाहालले सङ्घीय कानुन निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका थिए । प्रधानमन्त्री दाहालले सरकारले सङ्घीयता सम्बन्धी विधेयकहरू अगाडि बढाइसकेको उल्लेख गर्दै यसको अन्तिम फैसला संसद्ले गर्ने बताए ।

 

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १० : २२ बजे

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा

बालेनका सहयोगी भन्छन्- नयाँहरू एक ठाउँमा आउँछौँ, तर अहिल्यै कुरा मिलिसकेको छैन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका एक जना सहयोगीले राष्ट्रिय

स्वार्थ त्यागेर देश र जनताको काम गर्नुपर्छ : नेमकिपा अध्यक्ष बिजुक्छें

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)

निर्वाचनको विकल्प छैन : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान