क्रिकेटर सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ आज पनि स्थगित « Khabarhub

क्रिकेटर सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ आज पनि स्थगित


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ । यसअघि पनि यो मुद्दा पटक पटक स्थगित हुँदै आएको थियो ।

सो मुद्दा आज काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा एक नम्बरमा रहेको थियो । तर, नेपाल बार एसोसिएसनको चितवनको सौराहामा गोष्ठी भएका कारण अधिवक्ता उपस्थित हुन नसक्ने भएपछि सुनुवाइ स्थगित गरिएको बताइएको छ ।

यसअघि गत कात्तिक २३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट मगाएको थियो । दुवै पक्षबाट गत शुक्रबार बहस नोट पेस भएपछि आजका लागि सुनुवाइको पेसी तोकिएको थियो ।

सन्दीप प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा हाल उमेर विवाद मुख्य विषय बनेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १ : २६ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२