‘महाजात्रा’ छायाङ्कनमा प्रकाश घिमिरे | Khabarhub Khabarhub

‘महाजात्रा’ छायाङ्कनमा प्रकाश घिमिरे


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- घाँस काट्ने क्रममा भीरबाट खसेर घाइते भएका अभिनेता प्रकाश घिमिरे डेढ महिनापछि काममा फर्किएका छन् । आइतबार बुढानिलकण्ठमा फिल्म ‘महाजात्रा’ छायाङ्कनसँगै उनी काममा फर्किएका हुन् ।

‘जात्रा’ शृङ्खलादेखि नै फिल्ममा उनी अभिनेत्री वर्षा राउतको पिताको भूमिकामा छन् । छायाङ्कनमा फर्किन पाउँदा खुसी लागेको उनी बताउँछन् । ‘केही समयको विश्रामपछि काममा फर्किएको छु । चिकित्सकको सल्लाह अनुसार नै आराम र काम गरिरहेको छु’, अभिनेता घिमिरेले भने ।

फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले अभिनेता घिमिरेलाई छायाङ्कनस्थलमा देख्दा सबैको मुहारमा खुसी देखिएको बताए । ‘उहाँ स्वास्थ्य लाभ गरेर फर्किनु हुन्छ भन्नेमा हामी विश्वस्त थियौँ । त्यसैले उहाँको दृश्य बाँकी राखेर अन्य छायाङ्कन गर्‍यौँ। उहाँलाई नित्य काममा देख्न पाउँदा खुसी लागेको छ’,निर्माता खत्रीले भने ।

उनले अभिनेता घिमिरेको सम्पूर्ण दृश्यको छायाङ्कन सकेर पठाउने बताए । अभिनेता घिमिरेसँगै अभिनेता हरिवंश आचार्यले पनि छायाङ्कन गरिरहनु भएको छ ।  निर्देशक प्रदीप भट्टराईले आचार्य र घिमिरेको एकसाथ छायाङ्कन गरिरहेका छन् ।

‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात् षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङ्कन काठमाडौँसँगै तराईको भूभाग समेत गरिनेछ ।

अघिल्लो दुई शृङ्खलाकै लेखक तथा निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भइरहेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहनेछ ।

यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन, आशिष अविरलले सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

वन समृद्ध तुल्याउने सपना र आपत्कालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गरिएको चलचित्रलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । ‘जात्रा’ चलचित्रको लोकप्रियताले छायाङ्कन नहुँदै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । चलचित्र आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १ : ३९ बजे

सहकारी ठगी प्रकरण : कानूनविद् शम्भु थापा र गणेश भट्टराईले के भने ?

पोखरा– हिउँदको न्यानो घामसँगै यतिबेला पर्यटकीय नगरी पोखरामा काठमाडौंमा घघडान

बिजापुरमा माओवादीको आक्रमणबाट नौ जना सुरक्षाकर्मीको मृत्यु

काठमाडौं– भारतको छत्तिसगढ राज्यमा पर्ने बिजापुरमा विद्रोही माओवादीको आक्रमणमा नौ

लेखा समिति सभापति पोखरेलका ‘स्वकीय’ विरुद्ध पक्राउ पुर्जी

विराटनगर– सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव

तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु

काठमाडौं– हरेक हिउँदमा उत्तरी ध्रुवबाट चिसो छल्नका लागि नेपाल आउने

लम्कीचुहाका विपन्न परिवारलाई नगरपालिकाले बनाइदियो घर

घोडाघोडी– कैलालीको लम्कीचुहा नगरपालिकाले अति विपन्न नागरिकका लागि आवास निर्माण