सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउने प्रयास गरिरहेको छु : प्रधानमन्त्री प्रचण्ड | Khabarhub Khabarhub

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउने प्रयास गरिरहेको छु : प्रधानमन्त्री प्रचण्ड


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन आफूले प्रयास गरिरहेको बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गरी पीडितलाई अनुभूत हुनेगरी न्याय दिलाउन सरकारले निरन्तर काम गरिरहेको र राजनीतिक रुपमा पनि आफूले प्रयास गरिरहेको बताए ।

उनले सङ्क्रमणकालीन न्यायका विषयमा सहमति खोज्ने प्रयास पनि गरिरहेको बताए । प्रधानमन्त्री प्रचण्डले मानव अधिकार आयोगले गरेका सिफारिस शतप्रतिशत कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले सरकार मानव अधिकार संरक्षणप्रति प्रतिबद्ध रहेको र मानव अधिकारको संरक्षणका लागि संविधानमा नै ३१ वटा मौलिक हकको व्यवस्था गरिएको बताए ।

आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले गरेका सिफारिस १५.३ प्रतिशत मात्र पूर्ण रूपमा कार्यान्वयन भएकाले संवैधानिक आयोगका सिफारिस कार्यान्वयनलाई प्राथमिकतामा राख्न आग्रह गरे । अध्यक्ष मगरले सङ्क्रमणकालीन न्यायमा ढिलाइ भएकाले त्यससम्बन्धी प्रक्रिया चाँडो अघि बढाउन आग्रह गरे ।

कार्यक्रममा मानव अधिकार पुरस्कार बाजुराका सञ्चार तथा स्वास्थ्यकर्मी प्रकाशबहादुर सिंहलाई रू ५० हजार र मानव अधिकारकर्मी भवानीकुमारी कोइरालालाई रू ५० को दयाराम स्मृति सम्मान प्रदान गरिएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  २ : २० बजे

गिरीबन्धु प्रकरण : बालेन्द्रले सूची सार्वजनिक गर्दै भने- ५० खर्बको खेलोफड्को छ

बालेन्द्र शाह फाइल फाेटाे काठमाडौं- महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले झापाको

प्रधानमन्त्री प्रचण्डले पाए चौथो पटक विश्वासको मत

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत पाएका

नयाँ शक्तिको भ्रष्ट चरित्र नाङ्गियो : चित्रबहादुर केसी

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगी प्रकरणमा गृहमन्त्री

मकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण, किसान चिन्तित 

गलेश्वर– लामो समयको खडेरीपछि परेको लगातारको वर्षाका कारण म्याग्दीमा लगाइएको

कांग्रेसको आरोप : सरकार सहकारी ठगहरू जोगाउन लाग्यो, सभामुख मतियार बने

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार सहकारीका ठगहरू जोगाउन संसदीय