सरकारले विकासमा ध्यान दिन सकेन : अध्यक्ष ओली | Khabarhub Khabarhub

सरकारले विकासमा ध्यान दिन सकेन : अध्यक्ष ओली


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले विकासका काममा ध्यान केन्द्रित गर्न नसकेको आरोप लगाएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ यात्राअन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले विकासका धेरै कामको सुरुवात गरेपनि वर्तमान सरकारले विकासको काममा ध्यान केन्द्रित गर्न नसेकेको आरोप लगाएका हुन् ।

उनले टोखा छहरे सुरुङमार्गलगायत रेलमार्गका विषयमा एमाले सरकारले छलफल सुरु गरेपनि अहिले विलम्व भएको जिकिर गरे ।

ओलीले एमाले सरकारमा नभएपछि विकास निर्माणमा ढिलासुस्ती हुनु स्वभाविक भएको बताए । उनले नेपाल स्वाधीन स्वतन्त्र देश भएकाले आफैँले त्यसको सम्मान गर्नसक्नुपर्नेमा जोड दिए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएपनि विमान उठाउन सरकार डराइरहेको उनले बताए ।

ओलीले नेपालका हितका लागि छिमेकी जुनसुकै राष्ट्रले गर्ने सहयोग लिनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ३ : ४२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’