कोशी प्रदेशसभाबाट प्रदेश निजामती सेवा ऐनसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित « Khabarhub

कोशी प्रदेशसभाबाट प्रदेश निजामती सेवा ऐनसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले सो प्रस्ताव सदनमा पेस गरेका थिए । कोशी प्रदेशको प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम १०५ बमोजिम ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथि न्याय तथा प्रशासन समितिबाट छलफल भई आएको समितिका ज्येष्ठ सदस्य मालतीकुमारी लिम्बूले बताइन् ।

कोशी प्रदेशसभा सदस्य हाजी इसराइल मन्सुरीले सुनसरीको बर्जु गाउँपालिका–१ गोपी चोकस्थित रामजानकी मन्दिरको नौ कठ्ठा जग्गा तत्कालीन मन्दिर व्यवस्थापन समितिका अध्यक्षले हिनामिना गरेकाले निजउपर आवश्यक कारबाही गर्न प्रदेश सरकारसँग माग गरे । सदस्य कमला दर्नालले मोरङको उर्लाबारी नगरपालिकाका ६२ वर्षीया शोभा सुन्दासलाई विराटनगरस्थित जागृति आश्रममा दलितका कारण दुर्व्यवहार गरिएकाले आश्रम सञ्चालकालई कारबाही गर्न माग गरिन् ।

सदस्य किशोरचन्द्र दुलालले समाजलाई उन्नत बनाउन सामाजिक र आर्थिक रुपान्तरण जस्तै सांस्कृतिक रुपान्तरण गर्न जरुरी रहेको चर्चा गरे । सदस्य गीता तिमल्सेनाले मोरङको बेलबारी क्षेत्रमा जङ्गली हात्तीले जनधनको क्षति गरिरहेकाले यसबाट बच्न र बचाउन सरकारले वैकल्पिक सोच बनाउनुपर्ने धारणा राखिन् ।

सदस्य गोपालबहादुर विश्वकर्माले मुलुक गणतन्त्रमा पसिसक्दा पनि दलित भनेर हेला गर्ने र विभेद गर्ने सनातन सोच बदल्न दलित अधिकार ऐन ल्याउन सरकारसँग माग गरे । सदस्य जयप्रकाश चौधरीले स्वतन्त्र, समानता र न्यायका लागि प्रदेश सरकारले दलित अधिकार ऐन ल्याउन विलम्ब गर्न नहुने धारणा व्यक्त गरे । सदस्य मीना श्रेष्ठले रानीदेखि किमाथाङ्का सडक मार्गमा सुनसरीको तरहरादेखि माथि चाकोशे झाडीमा अहिले पनि सडक अलपत्र भएकाले छिटो निर्माण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराइन् ।

अर्का सदस्य रोहितबहादुर कार्कीले प्रदेश सरकारले मदरसा शिक्षालाई व्यवस्थित बनाउन माग गरे । सदस्य लीलाबल्लभ अधिकारीले नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित नेपाली शब्द कोषमा सतार जातिका विषयमा गरिएकोे परिभाषा गलत भएकाले यसलाई अविलम्ब सच्याउन माग गरे । प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ः३० बजे बस्नेछ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ४ : ५९ बजे

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप

बिरामीलाई थाहै नहुने हेपाटाइटिस महामारी के हो ?

काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व

काँकरभिट्टाबाट गत वर्ष साढे ९ हजार विदेशी पर्यटक भित्रिए

झापा– नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष