गगन थापाको प्रश्न : कांग्रेस सरकारमा भएको बेला यति धेरै काण्ड किन ? | Khabarhub Khabarhub

गगन थापाको प्रश्न : कांग्रेस सरकारमा भएको बेला यति धेरै काण्ड किन ?


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सुशासनको वाचा मात्रै गर्ने नभएर सुशासनकै निम्ति जन्मिएको पार्टी भएको बताएका छन् ।

आज कांग्रेस मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहमा बोल्दै उनले कुशासनबाट नागरिक वाक्क भएको तर्क गरे ।

कार्यक्रममा बोल्दै उनले भने, ‘हामी सरकारमा भएको बेला, हाम्रो नियन्त्रणमा राजनीति भएको बेलामा, हामी सबैभन्दा प्रभावशाली भएको बेलामा, हामीले भनेको बाटोमा देश हिँडिरहेको बेलामा कुशासनका यति धेरै घटना किन भइरहेको छन् ? यति धेरै काण्ड किन भइरहेको छन् ? जरामा के छ ? समस्या कहाँ छ ?’

एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दुःखद् भएको महामन्त्री थापाको तर्क छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ५ : २२ बजे

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं– कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । बैठक बिहान साढे

साउदीलाई अमेरिकाले सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

काठमाडौं– अमेरिकाले साउदी अरेबियालाई सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

चितवनमा नरभक्षी बाघ मर्‍यो

चितवन– मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको

एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली विजयी

बाजुरा– नेकपा एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित भएका छन्

इरानको सरकारी टिभीले भन्यो– राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको संकेत छैन

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको