यू-१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित « Khabarhub

यू-१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिसी यू–१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ ।

दुबईमा जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।

अफगानिस्तानले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४०.१ ओभरमा सबै विकेट गुमाएर १ सय ८८ रनमा समेटियो ।

नेपालका ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै ९१ रनको इनिङ्स खेलेपनि टोलीलाई जीतसम्म डोर्‍याउन सकेनन् । १ सय ८ बल खेलेका कुमाल ९१ रनमा आउट भए ।

नेपालका अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान देव खनाल २४ रन बनाएर पभेलियन फर्किए भने गुल्सन झाले १७ रन बनाए । दीपक बोहरा १५ रनमा आउट हुँदा दीपेश कँडेल ११ रनमा आउट भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले जमसिद जाद्रानको शतकीय पालीको मद्दतले ४९.३ ओभरमा सबै विकेट गुमाएर २६१ रन बनाएको थियो । रिटायर्ट आउट हुन अघि जादरानले १५२ बलमा १ सय ६ रन बनाए ।

नेपालका हेमन्त धामी, गुलसन झा र सुवास भण्डारीले २–२ विकेट लिए । आकाश चन्द र दिपेश कँडेलको नाममा एक–एक विकेट रह्यो । नेपालले अब अर्को खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ६ : ४० बजे

कांग्रेस महाधिवेशनमा सीता गुरुङ महामन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा