दुई किलो सुन बरामद प्रकरण : चिनियाँ नागरिक पक्राउ « Khabarhub

दुई किलो सुन बरामद प्रकरण : चिनियाँ नागरिक पक्राउ


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले गत बिहीबार नागढुङ्गाबाट बरामद भएको दुई किलोग्राम सुन प्रकरणमा चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बरामद सुन ओसारपसारमा संलग्न रहेको आरोपमा काठमाडौंको सोह्रखुट्टे बस्दै आएका २७ वर्षीय चिनियाँ नागरिक चेन झिउइलाई आज पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले सुन ओसारपसारमा संलग्न रहेको आरोपमा झिउइलाई पक्राउ गरेको राससलाई जानकारी दिए । गत बिहीबार प्रहरीले बागमती प्रदेश–०१–०२८ च २६९७ नंको स्कोर्पियो गाडीको गियर बक्सबाट दुई किलो सुन बरामद गरेको हो ।

रसुवाबाट सुन लिएर काठमाडौँ आउँदै गरेका रसुवा गोसाइँकुण्ड गाउँपालिका घर भएका २८ वर्षीय ग्यालछिरिङ तामाङ, २६ वर्षीय बिरु तामाङ र १९ वर्षीय सुनिल भुजेललाई प्रहरीले बिहीबार नै पक्राउ गरेको थियो । तीनजनाको सूचनाका आधारमा आज थप एकजनालाई पक्राउ गरिएको प्रवक्ता रेग्मीले बताए ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ९ : १४ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित