जग्गाको हक महिलाको नाममा हुनुपर्छ: उपसभामुख मगर « Khabarhub

जग्गाको हक महिलाको नाममा हुनुपर्छ: उपसभामुख मगर


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

पाटन – उपसभामुख इन्दिरा रानामगरले जग्गाको हक महिलाको नाममा हुनुपर्ने बताएकी छन् । सामाजिक न्याय र समानताका लागि नेपाल महिला एकता समाजद्वारा आज शङ्खमूलमा आयोजित १५औँ राष्ट्रिय महिला सम्मेलनमा उनले जग्गाको लालपुर्जासँग बत्ती, पानीलगायत नागरिकका अत्यावश्यकीय सेवासुविधा जोडिएको र लालपुर्जा नहुँदा नागरिक अधिकारबाट वञ्चित हुँदा महिलाहरु बढी पीडित हुनुपरेको धारणा राखिन् ।

‘जग्गाको लालपुर्जासँग बत्ती, पानीको सेवासुविधा जोडिएको छ । यसले नागरिकहरू अधिकारबाट वञ्चित भए, यो समस्याले देशकै लागि पनि हानि भएको छ । हदबन्दी बढी जग्गा हडप्नेहरूबाट लिएर भूमिहीनलाई दिनुपर्छ । जग्गाको खनजोत गर्नेमा महिलाहरू प्रत्यक्ष रुपमा संलग्न हुन्छन् । जो संलग्न हुन्छ, त्यसैको नाममा जग्गाको लालपुर्जा नहुँदासम्म समस्या रहन्छ’, उपसभामुख रानामगरले भनिन् ।

नेपाल महिला एकता समाजका अध्यक्ष बिना बुद्धाचार्यले संविधानप्रदत्त नागरिकको मौलिक हक सुनिश्चित गरी आवश्यक व्यवस्थापनका लागि राज्यको ध्यानाकर्षण गराउन उपसभामुख रानामगरलाई ज्ञापनपत्र प्रदान गरिन् ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ९ : ४५ बजे

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा