नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट « Khabarhub

नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट भएको छ । बालमनोविज्ञानमा आधारित यो लघुचलचित्र नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल र जिम्वावेको भर्सिटी फिल्म एक्स्पो मा छनोट भएको छ ।

यसअघि बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्समा छनोट भएको थियो । लघुचलचित्रमा श्लोक साहले मुख्य भुमिका निर्वाह गरेका छन् । अन्य चर्चित कलाकारहरु सुवास प्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्र प्रसाद पाण्डे, गिता श्री थापा, आयुषा गौतम, बिदुर प्रसाद सिग्देल, निष्ठा दाहाल, रेहान केसी, खेम राज कोईराला, उद्धव दंगाल लगायत सेलीब्रेशन स्कूलका विद्यार्थीहरुको अभिनय रहेको छ ।

लघुचलचित्रलाई सुरेन्द्र क्षेत्रीले कास्टिङ डिरेक्सनसँगै निर्माणसमेत गरेका छन् । काठमाडौंमा छायांकन गरिएको लघुचलचित्रको दृश्य नारायण जिसीले खिचेका हुन् । लघुचलचित्रको सम्पादन तथा रङ्ग संयोजन अनिल कुमार महर्जनले गरेका छन् । सहायक निर्देशन करन साउदको रहेको छ ।

ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्र द स्कुल वालको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । उनकै लेखन तथा निर्देशन रहेको लघुचलचित्र ‘घुर्रा’, ‘भाउ’, ‘पाउलो’ विभिन्न देशहरुमा छनोटमा परिसकेको छ । लघुचलचित्र ‘द स्कुल वाल’ को अफिसियल पार्टनरको रुपमा साईलेन्ट एक्ट र मालिका मिडिया रहेका छन् ।

‘द स्कुल वाल’ मा पर्खालको रुपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ । लघुचलचित्रमा विद्यालय नजिकै जुत्ता पालिस गर्ने तराईको एक बालकको संघर्षको कथालाई प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ । काम गर्ने ठाउँको अगाडिबाट विद्यार्थीहरु विद्यालय गईरहँदा उसलाई पनि पढ्ने रहरले विद्यालयसम्म तानेर लैजान्छ ।

पारिवारिक, आर्थिक समस्या र बाध्यात्मक परिस्थितिबिच उसले अनेक तरहका उपाएहरु अपनाएर विद्यालयभित्र प्रवेश गर्न सफल हुन्छ तर त्यो खुशी धेरै समय टिक्दैन र कथाले अर्कै मोड लिन्छ । एउटा बालकले पढ्ने रहरको लागि के के सम्म गर्न सक्छ भन्ने कुरालाई चलचित्रले देखाउन खोजेको यसका निर्माता सुरेन्द्र क्षेत्री बताउँछन् ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १० : २७ बजे

कांग्रेस विशेष महाधिवेशनमा प्रतिनिधिहरूको दर्ता जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाहरुबाट आएका

कांग्रेस महामन्त्रीद्वयको अगुवाइमा यसरी हुँदैछ विशेष महाधिवेशन

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा

पृथ्वी जयन्ती : यस्ता छन् १० दिव्य उपदेश

काठमाडौं – राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी

ढोरपाटनका विद्यार्थीको पीडा : कठ्याङ्ग्रिँदै पढ्नुपर्ने बाध्यता

बागलुङ– अत्यधिक चिसो बढेपछि ढोरपाटनमा खोला र धारमा पानी जम्न

कांग्रेस विशेष महाधिवेशन : यी ६ स्थानबाट जुलुस निकालिँदै

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौंको सुरु हुँदैछ