मौसमी फ्लु सबैभन्दा धेरै फैलाउने युवा हुन् | Khabarhub Khabarhub

मौसमी फ्लु सबैभन्दा धेरै फैलाउने युवा हुन्



चिसो बढेसँगै विभिन्न खालका स्वास्थ्य समस्याले सताउने गरेका छन् । जसले गर्दा अस्पतालमा बिरामीको चाप बढिरहेको छ । संसारमा धेरै लाग्ने समस्या भनेर रुघाखोकीलाई लिइएको चिकित्सकको भनाइ छ । यो मौसममा धेरैलाई सताउने समस्या भनेर मौसमी फ्लुलाई पनि लिएको छ । यो धेरै भाइरसको कारणले हुन्छ । त्यसैले खानपानमा ध्यान दिएर मौसमी फलफूलहरूको सेवन जस्तोः सुन्तला, कागती पानी र महको सेवन गर्दा रोग प्रतिरोधात्मक शक्ति बढ्छ । त्यसैले यो मौसममा मौसमी फ्लुबाट कसरी बच्ने ? लगायतका विषयमा आधारित भएर सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

मौसमी फ्लु जाडो मौसममा किन धेरै देखिन्छ ?
यो सबै भन्दा धेरै मौसम परिवर्तन हुने समयमा देखिन्छ । हाम्रो ट्रपिकल देश भएको कारणले १२ महिना नै फैलिन्छ । यो जाडो महिनामा सबै जना धेरै घरभित्र एकै ठाउँमा बस्ने हुँदा बढ्दै जान्छ । यो नेपालमा मौसमी रुघाखोकी को उपनामले पनि चिनिन्छ ।

यो चिसोमा बढी हुने हो ?
चिसोमा भाइसरलाई संक्रमण हुन उपयुक्त वातावरण हो । जाडो मौसम सुख्खा हुने भएकोले यो भाइरस सुख्खामा बढी सक्रिय देखिन्छ ।

यो कुन उमेरमा बढी छ ?
प्राय युवा आफ्नो दैनिक दिनचर्यामा बाहिर निस्किने हुँदा उनीहरूमा बढी देखिएको होला । तर यो ज्येष्ठ नागरिक, बालबालिका, दीर्घ रोगी र गर्भवतीमा बढी जोखिम हुन्छ । यो फैल्याउने माध्यम युवा देखिन्छन् । युवाहरू समाजमा बढी घुलमिल हुन्छन् ।

यो सामान्य ठानेर घरमा बस्दा कस्तो जोखिम निम्तिन्छ ?
यसमा हामीले घरमा नै बस्नु भन्छौँ । पछि साह्रो हुँदै गयो भने अस्पताल गइहाल्नु पर्दछ । यति अरू रोगी ज्येष्ठ नागरिक, बालबालिका, दीर्घ रोगी, गर्भवतीहरू चाहिँ सुरुको अवस्थादेखि नै अस्पताल जानु पर्दछ । अरू सामान्य हो भने घरमा नै बसेर घरेलु औषधि खाँदा हुन्छ ।

कस्तो अवस्थामा सामान्य हो भनेर घरमा नै बस्ने ?
श्वास नै फेर्न अप्ठ्यारो भयो । धेरै खोकी लाग्यो भने अस्पताल नै जानु पर्दछ । एक हप्ता भन्दा धेरै समय गयो भने पनि अस्पताल जानु पर्दछ ।

अस्पताल जानु नपरोस् भनेर के के कुरामा ध्यान दिने ?
घरमा हरियो सागपात, मौसमी फलफूलहरू खाने, झोलिलो खाना खाने, इन्जेक्सन लगाउनु पर्दछ । अस्पतालमा बस्दा रोग सर्ने सम्भावना कम हुन्छ । त्यसैले हामीले ६ महिना भन्दा माथि देखि सबैमा लगाउछौँ ।

यो खोप नेपालको सबै अस्पतालमा छ ?
छ, गाउँघर तिर भन्न सकिँदैन तर सहरको हरेक अस्पतालमा छ, कुनै कुनै मेडिकलमा पनि पाइन्छ आफैले किनेर लगाउन सकिन्छ ।

यो रोग अरूमा नसरोस् र अस्पताल जान नपरोस् भनेर के गर्ने ?
आराम गर्ने, झोलिलो खाना खाने इन्जेक्सन लगाउने, तर गार्हाे भयो भने श्वास फेर्न नै गर्हाे भयो खोकी धेरै बढ्यो भने अस्पताल नै जानु पर्दछ ।दिन प्रतिदिन बढेको बढेइ छ भने अस्पताल गएर जाँच गर्नु पर्दछ । कोरोना र यो फ्लुको लक्षण एउटै हुन्छ तर उपचार र औषधि फरक हुन्छ । त्यसलाई चिन्यो भने बिरामीमा पनि म यसरी सुरक्षित हुन्छु भन्ने हुन्छ । फ्लुको लागि टेम्प्रेट भन्ने औषधि छ त्यो नेपाल सरकारले निःशुल्क पनि बनाइदिएको छ । त्यो लक्षण देखिएको ४८ घण्टामा दियो भने निको हुन्छ ।

सामान्य रुघाखोकी लाग्यो भने डिकोल र साइनेक्स खानु कत्ति उपयुक्त छ त ?
हरेक औषधि डाक्टर र स्वास्थ्य कर्मीसँग सोधेर खाँदा राम्रो हुन्छ र तर सिटामोल, डिकोल र साइनेक्स ले धेरै असर गर्दैन त्यसैले धेरैले खाने गर्नु भएको छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ७ : ३८ बजे

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्