नदी र खोलामा किन सिक्का फालिन्छ ? « Khabarhub

नदी र खोलामा किन सिक्का फालिन्छ ?


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.3k
Shares
  • change font
  • change font
  • change font

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु भएको छ होला । हामीमध्ये कतिपयले आफैले पनि नदी वा तलाउमा सिक्का पैसा फालेको अनुभव छ । मानिसहरू कुनै संकोच नै नमानी खुरुखुरु सिक्का फाल्ने गर्छन्, अझ कतिपय ठाउँमा त प्रतिस्पर्धा पनि हुने गर्छ- कसले कुन चाहिँ भाँडोमा सिक्का पार्न सक्छ भनेर । उदाहरणको लागि  पशुपतिनाथमा रहेको बागमतीलाई लिन सकिन्छ ।

पछिल्ला पुस्ताले यी कुरामा विश्वास गर्दैनन् । तर यस्तो किन गरिन्छ होला । सबैको मनमा उठ्ने प्रश्न गरेको छ । आज हामी यसैका बारेमा चर्चा गर्ने छौँ । 

धार्मिक मान्यता अनुसार देवी देवतालाई पुजा गर्दा फुल माला बली चढाए जस्तै सिक्का चढाउने गरिन्छ । नदीनाला तर्दा सुरक्षित होस् भनेर फाल्ने गर्छन् । 

सामान्य अर्थमा नदीनाला, खोलामा सिक्का फाल्नुलाई धार्मिक अर्थमा भाग्य वृद्धिको रूपमा बुझिए पनि वास्तविक रूपमा वैज्ञानिक तथ्यहरू पनि छन् । प्राचीन समयमा सिक्काहरू प्रायः तामाबाट बनेका हुन्थे । खाने पानीको मुख्य श्रोत भनेकै खोलानाला मानिन्थ्यो । तामा हाम्रो शरीरको लागि चाहिने एक अभिन्न धातुको रूपमा लिइन्छ । 

हामीले खाने पानीमा यथेष्ट तामाको मात्रा होस् भन्ने हेतुले पुर्खाहरूले नदी नालाहरूमा तामाबाट बनेका सिक्काहरू फाल्ने  गरेका थिए । तर अहिलेका सिक्काहरू तामाका हुँदैनन् तैपनि मानिसहरू त्यो पुरानो प्रथालाई अन्धविश्वासको रूपमा पछ्याउँदै आइरहेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ६ : २९ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको