धुम्रपानले निम्त्याउने १३ शारीरिक क्षति « Khabarhub

धुम्रपानले निम्त्याउने १३ शारीरिक क्षति

‘जसले तपाईको सामान्य बानीले विनाश निम्त्याउन सक्छ’


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चुरोट सेवन या गुट्खा–खैनी, यीमध्ये कुनै पनि पदार्थ सेवन गर्ने तपाईको बानी छ ? छ भने आजैदेखि त्यागिहाल्नुहोस् । नत्र पछुताउनु पर्ला । यी पदार्थ लामो समय सेवन गरे विभिन्न रोगहरू लाग्छन् र तपाईको ज्यानै जान सक्छ ।

तपाईको मात्रै होईन तपाईको नजिक बस्ने प्रीयसीकाे पनि ज्यानै जान सक्छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा प्रतिवर्ष करिब २८ हजार मानिसको धूमपानका कारण मृत्यु हुने गरेको छ ।

१. फोक्सोमा क्षतिः धूमपान गर्दा शरीर भित्र छिर्ने निकोटिन र अन्य केमिकलले मानव शरीर भित्रको फोक्सोलाई क्षति पुरयाउने गर्दछ । चुरोट फोक्सोको क्यान्सरको जोखिम बढाउने प्रमुख कारक हो ।

चुरोट सेवन गर्ने पुरुषमा २५ गुणा र महिलामा २५.७ गुणा बढीले फोक्सोको क्यान्सर हुने जोखिम रहन्छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का अनुसार क्यान्सर रोग लागेर मृत्यु हुने १० जना मध्ये ९ जना चुरोट सेवनकर्ता हुन् ।

यस्तै धूमपान गर्ने व्यक्तिमा क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिसअर्डरबाट हुने र मृत्यु हुने जोखिम बढाउँछ । अमेरिकन लंङ्ग एसोसिएसनका अनुसार सीओपीडीबाट हुने कुल मृत्युको ८० प्रतिशत कारण धूमपान हो । चुरोटले शरीरमा एम्फिसेमा र क्रोनिक ब्रोन्काइटिसको विकास गर्न पनि मद्धत गर्दछ । यस्तै दम बढाउन पनि मद्धत गर्दछ ।

२. मुटु रोग देखापर्छ: चुरोट सेवन गर्दा मुटु, रक्तनली र रक्तकोषहरुमा क्षति पुग्दछ । चुरोटमा हुने केमिकल र टारले धमनीमा कडापन हुने अवस्था एथेरोस्क्लेरोसिसको जोखिम बढाउँछ । जसले रक्तनलीहरुमा अवरोधक प्लाक थुप्रिनसक्छ । त्यसले रक्तप्रवाहमा खतरनाक अवरोध सिर्जना हुन सक्दछ । धूमपानले धमनीसम्वन्धी एक किसिमको रोग पेरिफेरल आर्टरी डिजिजको जोखिम पनि बढाउँछ ।

हात खुट्टाको धमनीहरु साँघुरो हुँदै जाँदा यसले रगत प्रवाहमा समेत अवरोध सिर्जना गर्दछ र यो समस्या देखिन थाल्छ । धूमपान गर्ने मानिसहरुमा रगत जम्ने, एन्जाइना वा छाती दुखाई, मस्तिष्क घात र हृदयघात लगायतका समस्याहरु देखा पर्दछ ।

३. प्रजनन स्वास्थ्यमा समस्याः धूमपानले महिलाहरुको प्रजनन प्रणालीलाई हानी पुरयाउन सक्छ । गर्भवती हुन अझ गाह्रो हनसक्छ । सुर्तीजन्य पदार्थमा रहेका रसायनहरुले हार्मोनको स्तरलाई असर गर्ने भएकोले यस्तो हुने हो ।

यस्तै चुरोट नियमित सेवन गर्ने पुरुषहरुमा यौन दुर्वलताको समस्या देखिने सम्भावना बढी हुन्छ । यस्तै शुक्रकिटको गुणस्तरमा पनि असर पार्दछ र प्रजनन क्षमता पनि घटाउँदछ ।

४. गर्भावस्थामा जटिलताको जोखिम : सीडीसीका अनुसार धूमपानको प्रयोगले गर्भावस्था र गर्भभित्र विकसित हुँदै गरेको भ्रूणलाई पनि धेरै तरिकाले असर गर्न सक्दछ । जस्तो कि अक्टोपिक गर्भावस्ताको जोखिम बढ्छ, कम तौलको बच्चा जन्मन सक्छ । पूर्व प्रसवको जोखिम बढ्न सक्छ । भ्रुणको फोक्सो, मस्तिष्क र केन्द्रीय स्नायु प्रणालीलाई नोक्सान पुरयाउँछ । जन्मजात असामान्य समस्या निम्त्याउन सक्छ ।

५. टाइप टू डायविटिजको खतरा: सीडीसीका अनुसार जो व्यक्ति नियमित रुपमा धूमपान गर्छ उसलाई धूमपान नगर्नेहरुलाई भन्दा टाइप २ डायविटिज हुने खतरा ३० देखि ४० प्रतिशत बढी हुन्छ । यस्तै डायविटिज भइसकेकाहरुलाई उनीहरुको जीवन अवस्था व्यवस्थापन गर्न समेत कठिन हुन्छ ।

६. कमजोर प्रतिरक्षा प्रणाली: चुुरोट सेवन गर्ने मानिसहरुको रोग प्रतिरक्षा प्रणाली कमजोर बन्दछ । यसले रोग लाग्ने सम्भावना बढी हुन्छ । यस्तै शरीरमा सुजनको जोखिम पनि बढाउँछ ।

चुरोट सेवन गर्ने व्यक्तिमा आँखा देख्ने क्षमतामा समेत समस्या आउँछ । मोतियाविन्दु लगायतका समस्या पनि बढी हुन्छ । यस्तै आँखा सुख्खा हुने, मोतियाविन्दु हुने, मधुमेह रेटिनोथेरापी हुने क्रम पनि बढी हुन्छ ।

८. मुख स्वास्थ्यमा समस्या: चुरोट सेवन गर्ने व्यक्तिमा मुख तथा दन्त स्वास्थ्य सम्वन्धी समस्या विशेषगरी गिजा रोग सम्बन्धी समस्या दोब्बरले थपिन्छ । जस्तो कि गिजा सुन्निने, कमजोर हुने, ब्रस गर्दा रगत बग्ने, दाँत हल्लिने, झर्ने लगायतका समस्या हुन्छ ।

यस्तै धूमपानले चीजको स्वाद तथा गन्धको क्षमतालाई सीमित गर्न सक्छ । यसले दाँतमा पहेँलो वा खैरो दाग पनि लगाउन सक्छ ।

९. छाला, कपाल र नङहरुमा असर: चुरोट सेवन गर्ने मानिसलाई इन्टिगुमेन्टरी प्रणालीमा असर गर्दछ । त्यो भनेको व्यक्तिको छाला, कपाल र नङहरु हुन्छन् । धूमपानले मानिसको छाला र कपाललाई असर गर्न सक्छ ।

धूमपान गर्ने व्यक्तिले समय अघि नै बुढो हुने, छालामा चाउरी परेको अनुभव गर्न सक्छ । अमेरिकन ओस्टियोपेथिक कलेज अफ डर्माटोलोजीका अनुसार धूमपानका केही दीर्घकालिन प्रभावहरु समावेश छन् ।

१०. अन्य क्यान्सरको जोखिम: धूमपानले फोक्सोको क्यान्सर मात्रै होइन अरु थुप्रै क्यान्सरहरु गराउन पनि मद्धत गर्दछ । अमेरिकन क्यान्सर सोसाइटीका अनुसार धूमपानले प्यान्क्रियाटिक क्यान्सरको जोखिम २० देखि ३० प्रतिशत बढाउँछ । धूमपान गर्ने मानिसहरुमा पिसावको क्यान्सर हुने सम्भावना तीन गुणाले बढी हुन्छ ।

धुमपान गर्ने व्यक्तिमा पेटको क्यान्सर हुने जोखिम दोव्वर बढी हुन्छ । अनुसन्धानले सुर्तीजन्य पदार्थलाई पेटको माथिल्लो भागमा, अन्ननली नजिकैको क्यान्सरसंग जोडेको छ ।

यसलाई इसोफेगल क्यान्सर भनिन्छ । यस्तै मुखको क्यान्सर, घाँटीको क्यान्सर, मिर्गौला सम्वन्धी क्यान्सर, पाठेघरको क्यान्सर, कलेजो क्यान्सर, कोलन क्यान्सर, एक्युट माइलोइड ल्युकेमिया हुने सम्भावना पनि निकै नै बढी हुन्छ ।

११. पाचन प्रणालीमा समस्या: धूमपानले पाचन प्रणालीमा पनि समस्या निम्त्याउँछ । आन्द्रा सम्वन्धी विकारहरु विकास हुने एक प्रमुख कारण धूमपान हो । धूमपान गर्नेहरुलाई ग्यास्टाइटिस, पेटको अल्सर सुजन हुने सम्भावना बढी हुन्छ । जसले उनीहरुको पेट वा आन्द्रामा अल्सर निम्त्याउन सक्छ । धूमपानले पेट खाली गर्न ढिलो हुने र पेरिस्टालिसिस सुस्त हुन सक्छ ।

१२. स्नायू प्रणालीमा असर: केन्द्रीय स्नायुप्रणाली मस्तिष्क र मेरुदण्ड हो । जसले सबै शारीरिक र मानसिक गतिविधिहरु नियन्त्रण गर्दछ । धूमपान गर्नेको केन्द्रीय स्नायु प्रणालीमा क्षति पुग्छ किनभने निकोटिनले रक्तचाप र मुटुको धडकन बढाउँछ ।

जसले गर्दा समयसंगै यी अंगहरु कमजोर हुन्छ । सन् २०२१ को एक अध्ययन अनुसार धुमपान, सुर्तीजन्य पदार्थ र निकोटिनले स्नायु सम्वन्धी स्वास्थ्यमा गम्भीर असर गर्दछ ।

यस्तै अल्जाइमर, मल्टिपल स्क्लेरोसिसको लागि धूमपान एक जोखिम कारक हो भनेर रिपोर्ट गर्दछ ।

१३. सेकेन्ड ह्याण्ड स्मोकिङ्गको असर: धूमपानको असर धूमपान गर्ने व्यक्तिलाई मात्रै हुँदैन । यसको असर संगै बसेका अन्य व्यक्तिलाई पनि हुन्छ । जसलाई सेकेण्ड ह्याण्ड स्मोकिङ्ग भनिन्छ । यस्तै धुवाले फोक्सोको क्यान्सर निम्त्याउँछ ।

अमेरिकी क्यान्सर सोसाइटीका अनुसार सेकेण्ड ह्याण्ड स्मोकिङ्ग गर्ने व्यक्तिहरुमा घाँटी, स्तन क्यान्सर हुने सम्भावना पनि बढ्छ । बाहिर मात्रै होइन गर्भमा रहेको भ्रुणमा पनि यसको असर हुने गर्दछ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  १ : ०५ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र