लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका गिरीको दाबी पेस « Khabarhub

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका गिरीको दाबी पेस


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- लुम्बिनीको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता लीला गिरीले दाबी पेस गरेका छन्  । लुम्बिनी प्रदेशमा सरकारको नतृत्वका लागि सत्तारुढ गठबन्धन दलको समर्थनमा नेता गिरीले दाबी पेस गरेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनको कार्यालय पुगेर बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित सरकारमा दाबी प्रस्तुत गरिएको एमाले प्रदेशसभा सदस्य भूमिश्वर ढकालले जानकारी दिए ।

गिरीलाई एमालेका २९, नेकपा (माओवादी केन्द्र) का १०, राप्रपाका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनता समाजवादी पार्टीका तीन, स्वतन्त्र दुई, जनमत पार्टीका तीन र लोकतान्त्रिक समाजवादी पार्टीका तीन गरी ५८ प्रदेशसभा सदस्यको समर्थन रहेको उनले बताए । 

प्रदेश प्रमुख अमिक शेरचनले आज अपराह्न ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेस गर्न आह्वान गरेपछि एमालेले सत्तारुढ दलहरूको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गरेको हो । दाबी पेस भएपछि प्रदेश प्रमुख शेरचनले आजै गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् ।

यसअघि मंगलबार अपराह्न ४ बजे प्रदेश प्रमुख कार्यालय बुटवलमा सत्तागठबन्धन दलले दाबी पेस गर्ने तयारी गरे पनि माओवादी केन्द्रले आलोपालो नेतृत्व गर्नुपर्ने अडान राखेपछि अन्तिम समयमा दाबी प्रक्रिया स्थगित गरिएको थियो । 

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ३ : ०६ बजे

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।