थारू समुदायले माघी पर्वलाई देशव्यापी रुपमा आन्दोलनका रुपमा मनाउने « Khabarhub

थारू समुदायले माघी पर्वलाई देशव्यापी रुपमा आन्दोलनका रुपमा मनाउने


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– थारू समुदायले यस वर्षको माघी पर्वलाई काठमाडौं उपत्यका सहित देशव्यापी रुपमा आन्दोलनका रुपमा मनाउने भएको छ । 

थारू कल्याणकारिणी सभाको थारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थरुहट आन्दोलनकर्मीसंग सरकारले पटक पटक गरेको सहमति कार्यान्वयन हुन नसकेको र टीकापुर आन्दोलनका क्रममा थरुहट राजबन्दीहरूलाई सुनियोजित रुपमा झुटा मुद्दा लगाएको फसाइएको भन्दै यस वर्षको माघी पर्वलाई काठमाडौं उपत्यका सहित देशव्यापी रुपमा आन्दोलनका रुपमा मनाउने जनाएको हो ।

माघी पर्वका अवसरमा माघ १ गते काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको आयोजकले समितिले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रममा विविध थारू सांस्कृतिक प्रस्तुती, थारू खानपिन, थारू सीप हस्तकला, पुस्तक प्रदर्शनी लगायतका प्रस्तुती हुने थारू कल्याणकारिणी सभाका सदस्य सचिव कानुलाल चौधरीले जानकारी दिए ।

त्यसअघि बिहान थारू संस्कृति, भेषभूषा बाजागाजासहित काठमाडौंको बसन्तपुरमा भेला भई झाँकी र्याली प्रदर्शन सहित रत्नपार्क परिक्रमा गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ । 

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ४ : ०५ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै