गोरखालाई समृद्धिको नमूना जिल्लाका रूपमा विकास गरिने « Khabarhub

गोरखालाई समृद्धिको नमूना जिल्लाका रूपमा विकास गरिने


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गोरखा– संघीय सरकारका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गोरखालाई समृद्धिको नमूना जिल्लाकारूपमा विकास गर्ने बताएका छन् । गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा गोरखा सदरमुकाममा आजदेखि सुरु भएको ११ औँ गोरखा महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला-२०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गोरखाको जनताको अपेक्षाअनुसार जिल्लाको विकास निर्माणको काम अघि बढाइने प्रतिबद्धतासमेत व्यक्त गरे।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै गोरखा पुगेका उपप्रधानमन्त्री श्रेष्ठले भने ,’निर्वाचनमा गरेका प्रतिबद्धतालाई पूरा गर्ने गरी काम गर्न प्रधानमन्त्रीले मलाई निर्देशन दिइसक्नुभएको छ, अब त्यसैअनुसार गोरखाको विकास निर्माणको काम अघि बढ्छ ।’ 

उपप्रधानमन्त्री श्रेष्ठले जिल्लाभित्र अधुरा रहेका विकास निर्माणको कामलाई तीव्रता दिइनेसमेत बताए । उनले जनताले तीव्र विकास र आर्थिक समृद्धि चाहेकोले अब पुरानो शैलीमा काम गरेर मात्र नहुने बताए। 

उपप्रधानमन्त्री श्रेष्ठले देशको आर्थिक अवस्थालाई चलायमान बनाउन विभिन्न मेला महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको औद्योगिक व्यापार मेलाले गोरखाको आर्थिक विकासमा टेवा  पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ६ : ०३ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको