‘जुन सरकारले समृद्ध नेपाल बनाउन सक्दैन त्यसको कुनै अर्थ रहन्न’ « Khabarhub

‘जुन सरकारले समृद्ध नेपाल बनाउन सक्दैन त्यसको कुनै अर्थ रहन्न’


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले जुनसुकै सरकार गठन भए पनि समृद्ध नेपाल बनाउन सकिएन भने त्यो सरकारको कुनै अर्थ नरहने बताएका छन् । युनाइटेड क्लबद्वारा पोखराको अमरसिंह चौरमा आयोजित ११ औँ संस्करणको महोत्सवको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले त्यस्तो कुरा बताएका हुन् । आम नेपालीको चाहना समृद्ध नेपाल भएकाले अबको सरकार समृद्धितर्फ अगाडि बढ्न जरुरी भएको भनाइ उनको छ । 

रोजगारीको अवसर खोज्दै लाखौँ युवा विदेशिने गरेको भन्दै उनले उनीहरूलाई रोजगारीको सिर्जना नेपालभित्र नै गर्नेतर्फ तीनै तहको सरकार लाग्नुपर्नेमा जोड दिए । सरकारले आफ्ना कार्यक्रम बनाउँदा युवा लक्षित हुनुपर्ने भनाइ उनको छ । नेपाल बहुजाति, बहुभाषी र बहुसांस्कृतिक देश भएकाले यहाँ हुने महोत्सवले सांस्कृतिकरूपमा ठूलो महत्त्व राख्ने बताउँदै मुख्यमन्त्री अधिकारीले महोत्सवको सफलताको कामना गरे । 

कोरोनाले थला परेको अर्थतन्त्र यस्ता मेला महोत्सव सञ्चालन हुँदा केही मात्रामा भए पनि अर्थतन्त्र चलायमान हुने विश्वास उनले व्यक्त गरे । ‘आज राष्ट्रिय एकता दिवस, पृथ्वीनारायण शाहले राष्ट्रलाई एक बनाएको दिन, सरकारले पनि सार्वजनिक बिदा दिएको छ’, मुख्यमन्त्री अधिकारीले भने , ‘राष्ट्रनायक पृथ्वीनारायण शाहलाई सबैले सम्झनुपर्ने बताए।’

आजदेखि सञ्चालन हुने उक्त महोत्सव माघ ८ गतेसम्म सञ्चालन हुनेछ । युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न व्यक्तिले आफ्ना भनाइ राखेका थिए । महोत्सवको उद्घाटनअघि यस क्षेत्रका विभिन्न सङ्घसंस्था तथा टोल तथा आमा समूहले झाँकीसहित बजार परिक्रम गरेका थिए ।

 

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ६ : ३४ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी