विकास निर्माणमा गति दिन दाहाललाई विश्वासको मत : माधव नेपाल « Khabarhub

विकास निर्माणमा गति दिन दाहाललाई विश्वासको मत : माधव नेपाल


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रण गर्न, विकास निर्माणको कामलाई गति दिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको बताएका छन् । उनले १५ बुँदे सर्तसहित विश्वासको मत दिएको उल्लेख गरे ।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री दाहालले जनचाहनाअनुसार काम गर्नेमा आफू आशावादी रहेको बताए । सरकारले नागरिकलाई अनुभूति हुने गरी काम गरे आफ्नो पार्टीले प्रतिपक्षमा बसेर पनि साथ र सहयोग गरिरहने उनको भनाइ थियो । 

अध्यक्ष नेपालले विश्वासको मत लिने बेलामा गरेका प्रतिबद्धता पूरा गर्ने काममा केन्द्रित हुन प्रधानमन्त्री दाहाललाई आग्रह गरे। ‘सरकारलाई राष्ट्र, राष्ट्रियता र जनजिविकाको सवालमा काम गर्न पार्टीले घचघच्याइ रहने छ’, उनले भने । 

संविधानको मूलमर्म र भावनालाई ध्यान दिएर अघि बढ्न अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई सचेत गराए । 

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ७ : ०० बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले