विश्व बैंकले चीनको अपेक्षित आर्थिक वृद्धिदर घटायो « Khabarhub

विश्व बैंकले चीनको अपेक्षित आर्थिक वृद्धिदर घटायो


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व बैंकले चीनको अपेक्षित आर्थिक वृद्धिदर घटाएको छ । विश्व बैंकले चीनमा कोरोना भाइरसको प्रकोप र घरजग्गा क्षेत्रमा कमजोरी देखिएकाले अपेक्षित आर्थिक वृद्धिदर घटाएको हो ।

सिंगापुरबाट प्रकाशित हुने च्यानल न्युज एसिया सीएनएको अनलाइन संस्करणले जनाएअनुसार विश्व बैंकले चीनको अपेक्षित आर्थिक वृद्धिदर ४.३ प्रतिशतबाट घटाएर २.७ प्रतिशतमा झारेको छ ।

विश्व बैंकले अर्को वर्ष पनि चीनको आर्थिक वृद्धिदर अपेक्षित नहुने बताएको छ । अर्को वर्ष चीनको अपेक्षित आर्थिक वृद्धिदर ८.१ प्रतिशतबाट घटाएर ४.३ प्रतिशतमा झारेको छ ।

चीनले मुलुकको कुल ग्राहस्थ उत्पादनमा ५.५ प्रतिशतले वृद्धि हुने पूर्वानुमान गरेको छ । यद्यपि सीएनएका अनुसार आर्थिक विश्लेषकहरुले भने यो लक्ष्य हासिल गर्न सम्भव नरहेको बताएका छन् ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ७ : २९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको