कम्प्युटर प्रणालीमा समस्या आएपछि अमेरिकामा सयौँ उडान प्रभावित | Khabarhub Khabarhub

कम्प्युटर प्रणालीमा समस्या आएपछि अमेरिकामा सयौँ उडान प्रभावित


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको संघीय उड्ययन प्रशासन (एफएए) को कम्प्युटरमा समस्या आएपछि मुलुकभरका उडानहरु प्रभावित भएका छन् ।

अमेरिकी फ्लाइट ट्रयाकिङ वेबसाइट फ्लाइट अवेयरका अनुसार कम्प्युटरमा समस्या उत्पन्न भएपछि मुलुकको पूर्वी क्षेत्रमा एक हजार भन्दा बढी उडानहरू प्रभावित भएका हुन् । प्राविधिक समस्याका कारण अमेरिकाको आन्तरिक तथा बाह्य गरी १०० भन्दा बढी उडान रद्द भएका छन् ।

अमेरिकी वायुसेवा कम्पनीहरूले कम्प्युटरमा आएको प्राविधिक समस्यापछि उडानमा ढिलाइ भएको सूचना जारी गरेका छन् । एफएएले आफ्नो ‘नोटिस टु एयर मिसन सिस्टम’ लाई पुनः स्थापित गर्न काम गरिरहेको बताएको छ ।

एफएएले भनेको छ, “हामी अन्तिम प्रमाणीकरणका लागि परीक्षण गरिरहेका छौं र सिस्टमलाई ‘रिफ्रेस’ तथा ‘रिलोड’ गरिरहेका छौं ।’’ एफएएले केही लाइनले काम गर्न थालेको तर ‘राष्ट्रिय हवाई क्षेत्र प्रणाली’ सञ्चालन सीमित भएको जानकारी दिएको छ ।

यातायात मन्त्री पीट बुटजेजले ट्वीटरमा एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “म एफएएसँग सम्पर्कमा छु र स्थितिबारे जानकारी लिइरहेको छु ।’’

युनाइटेड एयरलाइन्सले सबै आन्तरिक उडान अस्थायी रूपमा ढिला भएको र एफएएबाट थप जानकारी पाएपछि अद्यावधिक जारी गर्ने बताएको छ । एफएएले ‘नोटिस टु एयर मिसन सिस्टम’ को रूपमा चिनिने प्रणालीलाई पुनः स्थापना गर्न काम गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ८ : २५ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु