कम्प्युटर प्रणालीमा समस्या आएपछि अमेरिकामा सयौँ उडान प्रभावित « Khabarhub

कम्प्युटर प्रणालीमा समस्या आएपछि अमेरिकामा सयौँ उडान प्रभावित


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको संघीय उड्ययन प्रशासन (एफएए) को कम्प्युटरमा समस्या आएपछि मुलुकभरका उडानहरु प्रभावित भएका छन् ।

अमेरिकी फ्लाइट ट्रयाकिङ वेबसाइट फ्लाइट अवेयरका अनुसार कम्प्युटरमा समस्या उत्पन्न भएपछि मुलुकको पूर्वी क्षेत्रमा एक हजार भन्दा बढी उडानहरू प्रभावित भएका हुन् । प्राविधिक समस्याका कारण अमेरिकाको आन्तरिक तथा बाह्य गरी १०० भन्दा बढी उडान रद्द भएका छन् ।

अमेरिकी वायुसेवा कम्पनीहरूले कम्प्युटरमा आएको प्राविधिक समस्यापछि उडानमा ढिलाइ भएको सूचना जारी गरेका छन् । एफएएले आफ्नो ‘नोटिस टु एयर मिसन सिस्टम’ लाई पुनः स्थापित गर्न काम गरिरहेको बताएको छ ।

एफएएले भनेको छ, “हामी अन्तिम प्रमाणीकरणका लागि परीक्षण गरिरहेका छौं र सिस्टमलाई ‘रिफ्रेस’ तथा ‘रिलोड’ गरिरहेका छौं ।’’ एफएएले केही लाइनले काम गर्न थालेको तर ‘राष्ट्रिय हवाई क्षेत्र प्रणाली’ सञ्चालन सीमित भएको जानकारी दिएको छ ।

यातायात मन्त्री पीट बुटजेजले ट्वीटरमा एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “म एफएएसँग सम्पर्कमा छु र स्थितिबारे जानकारी लिइरहेको छु ।’’

युनाइटेड एयरलाइन्सले सबै आन्तरिक उडान अस्थायी रूपमा ढिला भएको र एफएएबाट थप जानकारी पाएपछि अद्यावधिक जारी गर्ने बताएको छ । एफएएले ‘नोटिस टु एयर मिसन सिस्टम’ को रूपमा चिनिने प्रणालीलाई पुनः स्थापना गर्न काम गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ८ : २५ बजे

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँ : पूर्वप्रधानमन्त्री कार्की

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार,

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३ । ठीक एक वर्षअघि यही दिन काठमाडौँका

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह