मुलुकको आर्थिक स्थिति चलायमान बनाउन सहकारीको भूमिका महत्त्वपूर्ण « Khabarhub

मुलुकको आर्थिक स्थिति चलायमान बनाउन सहकारीको भूमिका महत्त्वपूर्ण


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले मुलुकको आर्थिक स्थिति चलायमान बनाउन सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड विराटनगरको आज यहाँ आयोजित ११ औँ साधारणसभा एवं सम्मान कार्यक्रममा तीन जना उत्कृष्ट ऋणी र बचतकर्तालाई सम्मान गर्दै उनले सहकारीले सानासाना पूँजीको संरक्षण गरी बेरोजगारी समस्या समाधान एवं समाज विकास निर्माणमा टेवा पुर्‍याएको धारणा राखे । उनले सहकारी अनुगमन र नियमनबाट चल्ने सहकारीप्रति केही नकारात्मक सोच हट्ने विश्वास व्यक्त गरे। 

पत्रकारले समाचार सम्प्रेषण गर्दा सत्यतथ्य उजागर गर्दा समाजमा रहेका कुरीतिलाई हटाउन मद्दत पुग्ने प्रदेश प्रमुख खापुङले बताए। संस्थाका अध्यक्ष मोहनप्रसाद भण्डारी, नेपाल पत्रकार महासङ्घका प्रदेश अध्यक्ष लीलाबल्लभ घिमिरे, मोरङ अध्यक्ष सञ्जीव खनाल र सहकारीका माधव अधिकारीले आगामी दिन पत्रकार सुरक्षाकोष स्थापना गर्ने र सञ्चारकर्मीको क्षमता वृद्धि गर्न क्रियाशील रहने बताए।

सो अवसरमा असल ऋणी, बचतकर्ता गरी तीन सञ्चारकर्मी भोजराज घिमिरे, धनकुमारी थापा र श्यामसुन्दर सुतिहारलाई सम्मान गरियो । विसं २०६९ मा स्थापित सहकारीमा एक सय १६ जना सदस्यको २१ लाख २० हजार चुक्ता पूँजी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ७ : ५१ बजे

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।