नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्वीर अंकित गर्न कमल थापाको माग « Khabarhub

नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्वीर अंकित गर्न कमल थापाको माग


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्वीर अंकित गर्न माग गरेका छन् ।

राप्रपा नेपालले ३०१ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले पृथ्वीनारायण शाह कुनै राजनीतिक वाद र विचारभन्दा माथि रहेको जनाए ।

उनले नेपाल एकीकरणको अभियान एक संस्थासँग मात्रै सम्बन्धित नभइ नेपाललाई नाम र पहिचान दिने महान् कार्य भएको बताए ।

उनले राज्यले शाहलाई सम्मानमा दिन कन्जुस्याइँ गर्न नहुने बताए । ७४ सालमा आफू सरकारमा रहँदा राज्यले नै ओपचारिक रुपमा पृथ्वी जयन्ती मनाएको स्मरण गर्दै यसपटक पृथ्वी जयन्ती एवं एकता दिवसमा राज्यको उपस्थिति नभएको प्रति रोश प्रकट गरे ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ९ : ४० बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले