आँखाको ‘डार्क सर्कल’ र यसको उपचार « Khabarhub

आँखाको ‘डार्क सर्कल’ र यसको उपचार



काठमाडौं – पछिल्लो समय सानै उमेरमा पनिआँखामा ‘डार्क सर्कल’को समस्या देखापर्न थालेको छ। पर्याप्त मात्रामा निद्राको कमी, कामको चाप र अत्यधिक तनावका कारण आँखामा डार्क सर्कल (कालो घेरा) देखा पर्ने छालारोग विशेषज्ञ डा. सबिना भट्टराईको भनाइ छ।

आँखाको डार्क सर्कलले मानिसको सौन्दर्यमै ह्रास ल्याइदिन्छ। खासगरी, भिटामिनको कारणले आँखाको वरिपरि ‘डार्क सर्कल’ देखा पर्ने गर्छ। थोरै आराम गरेर बढी काम गर्ने, तनाव लिने, पर्याप्त नसुत्नेलगायत कारणले आँखाको वरिपरि ‘डार्क सर्कल’ देखापर्ने हुन्छ। यसले मानिसको समग्र सुन्दरतामै असर गरेको हुन्छ।

‘डार्क सर्कल’ हटाउने विभिन्न उपचार विधि हुन्छन्। विशेष गरेर चिकित्सकले मेडिकल उपचार भन्दा भिटामिनमा ख्याल गरे मात्र पनि यो हट्ने बताउने गरेका छन्। भिटामिन पाइने खाने कुरा खाएमा समस्या समाधान हुने उनीहरुको सुझाव छ। आँखाको डार्क सर्कल हटाउन यी भिटामिन पाइने खानेकुरा खानुपर्छ :

भिटामिन ‘ए’ पाइने खानेकुरा
भिटामिन ‘ए’ युक्त खाना खाँदा छालाको ‘रिपेयरिङ’ र ‘टाइटनिङ’मा टेवा पुग्छ। साथै, छालामा रक्तसञ्चार पनि तीव्र हुन्छ। त्यसैले डार्क सर्कल हुनेहरूले गाँजर, फर्सी, पाकेको मेवा, आँप, हरियो सागपात बढी खानुपर्छ। यस्ता खानेकुरामा भिटामिन ‘ए’ पाइन्छ।

भिटामिन ‘सी’ पाइने खानेकुरा
भिटामिन ‘सी’ले दिमागमा सेराटोनिन नामक रसायन बढी उत्सर्जन गराउँछ। जसले गर्दा राम्रोसँग निदाउन सकिन्छ। सुन्तला, कागती, अमला, खर्बुजाजस्ता भिटामिन ‘ए’ युक्त खाना बढी खाने गर्नाले आँखाको ‘डार्क सर्कल’ विस्तारै कम हुँदै जान्छ।

भिटामिन ‘के’ पाइने खानेकुरा
भिटामिन ‘के’ले रगतलाई गाढा बनाउन सहयोग गर्छ। यसले रक्तसञ्चारलाई पनि तीव्र बनाउँछ। अंगुर, ब्लुबेरी, बन्दाकोभी, ब्रोकाउली, केराउ आदिमा भिटामिन ‘के’ प्रशस्त पाइन्छ। आँखामा ‘डार्क सर्कल’ भएकाले यस्ता खाना बढी खाने गर्नुपर्छ।

भिटामिन ‘ई’ पाइने खानेकुरा
भिटामिन ई’मा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। जसले छालामा जम्मा भएका विकारलाई शरीरबाहिर निकालेर यसलाई चम्किलो बनाउँछ। त्यही भएर ‘डार्क सर्कल’को समस्या भएकाले पालुंगो, हाडे बदाम, किवी, ओखर, सूर्यमुखीका बिजजस्ता भिटामिन ई’ युक्त खानेकुरा बढी खानुपर्छ।

जथाभावी औषधि नखाने
जुनसुकै समस्या भए पनि हल्लाको भरमा औषधि खाने चलन नेपालीमा बढी देखिन्छ। जथाभावी औषधि प्रयोगले साधारण औषधिले ठीक हुने समस्या जटिल बन्ने चिकित्सकको भनाइ छ। धेरै समय हल्लाकै भरमा औषधि खाएकै कारण सामान्य ढुसी पनि निको नहुने दर बढेको हो। कुनै पनि उपचार गर्दा बाह्य संक्रमण नजुधोस् भनेर बिरामी अथवा कुनै समस्या भएको व्यक्ति आफैं सचेत हुनुपर्छ।

आफूखुसी उपचारको नाममा औषधि खाएमा रोग निको नभई थप समस्या बल्झिनसक्ने खतरा हुन्छ। चिकित्सकलाई भेट्नुअगावै जथाभावी औषधि प्रयोग गर्दा सामान्य किसिमको फंगल्सको संक्रमणमा पनि लामो समय औषधि खानुपर्ने हुनसक्छ। समस्या भएमा समयमै जाँच गरेर चिकित्सकको सुझाव अनुसार औषधि प्रयोग गर्न सकिन्छ। तर, जथाभावी प्रयोग हुने औषधिले स्वास्थ्यमा थप जटिलता ल्याउँछ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ७ : ५५ बजे

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार– पश्चिम जाजरकोटमा करोडौँ रुपैयाँ लागतका पक्की पुलहरूको निर्माणले गति

चीनमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान

काठमाडौँ– चीनको ग्वाङ्झाउमा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ अर्थात् ‘सबैभन्दा

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

टीकापुर– गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक तालिम

युवापुस्तामा किन बढ्दै छ माइग्रेन र नसा च्यापिने समस्या ?

काठमाडौँ – पछिल्लो समय युवापुस्तामा माइग्रेन र नसा च्यापिने समस्या

टुँडिखेललाई हरियाली र व्यवस्थित बनाउने काम तीव्र (तस्बिर)

काठमाडौँ– काठमाडौँको टुँडिखेललाई हरियाली र व्यवस्थित सार्वजनिक स्थलका रूपमा विकास