अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा  ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अरु दुई जना घाइते भएका छन् ।

पाणिनि गाउँपालिका वडा नं ८ पालीमा आज बिहान लु २ त ९२७१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षिय हुमबहादुर कुमालको ज्यान गएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

दुर्घटनामा २२ वर्षका चालक चामबहादुर कुमाल र ३९ वर्षका शंकरबहादुर कुमाल घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि पाल्पा पठाइएको छ ।

प्रहरीका अनुसार टयाक्टरको ब्रेक फेल भइ बाटोबाट अन्दाजी एक सय ५० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ३ : २० बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको