शिक्षा क्षेत्रमा सुधार आवश्यक छ : प्रदीप पौडेल | Khabarhub Khabarhub

शिक्षा क्षेत्रमा सुधार आवश्यक छ : प्रदीप पौडेल


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालको शिक्षा क्षेत्रमा सुधारको खाँचो औँल्याएका छन् । टोखा नगरपालिका–६ मा सञ्चालित एशिया प्यासिफिक स्कुलको प्रथम अभिभावक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले मुलुकको विकासका लागि नेपालको शिक्षा क्षेत्रमा सुधार आवश्यक रहेको बताए।

“राज्यले शैक्षिक प्रणालीमा परिवर्तन गर्न आवश्यक छ, विद्यालय र विश्वविद्यालयमा धेरै विद्यार्थी राखेर भद्रगोल बनाउनुभन्दा कम विद्यार्थी राखेर गुणस्तरीय शिक्षा प्रदान गर्नसके नेपालको शिक्षा क्षेत्रमा सुधार हुन्छ,”– उनले भने । गुणस्तरीय शिक्षा प्रदान गर्न सरकारीभन्दा निजी विद्यालय अब्बल रहेको उनको भनाइ थियो ।

काठमाडौँ क्षेत्र नं ५ का सांसद पौडेलले नेपालको शिक्षा नीतिलाई कस्तो बनाउने भन्नेबारे सरोकारवालाबीच गम्भीर बहस आवश्यक रहेको बताए । दक्षजनशक्ति उत्पादन गर्न नसक्ने विश्वविद्यालय मुलुकको लागि काम नभएको उनको भनाइ थियो । नेता पौडेलले समाजलाई नेतृत्व गर्ने हतियार र बल नभएर विचार भएको उल्लेख गरे । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाले पछिल्लो समय प्राविधिक शिक्षालाई जोड दिन लागेको बताए ।

उनले प्राविधिक शिक्षा सुरु गर्ने टोखा नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई रु एक करोड अनुदान रकम उपलब्ध गराउने घोषणा गरे। निजी विद्यालयले पनि प्राविधिक शिक्षालाई अगाडि बढाए नगरपालिकाले सहयोग गर्ने उनको भनाइ थियो । टोखा नगरपालिका–६ की वडाअध्यक्ष शान्ता पौडेलले शिक्षा र स्वास्थ्य क्षेत्रलाई टोखाले प्राथमिकतामा राखेर आफ्ना कार्यक्रम अगाडि बढाएको बताए ।

सामुदायिकसँगै निजी विद्यालयको पक्षमा नगरपालिकाले काम गर्ने उनको भनाइ थियो । विसं २०७७ मा स्थापना भएको एशिया प्यासिफिक विद्यालयले पढाइसँगै योगा, गीतसङ्गीत, खेलकुदलगायतका अतिरिक्त क्रियाकलापलाई समेत अगाडि बढाउँदै आएको सो विद्यालयका प्राचार्य रमेश घिमिरेले जानकारी दिए । एशिया प्यासिफिक विद्यालयले काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेर शिक्षकलाई तालिम तथा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ८ : ३४ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा