कोशी र  गण्डकी प्रदेशमा बदलीसँगै हिमपातको सम्भावना « Khabarhub

कोशी र  गण्डकी प्रदेशमा बदलीसँगै हिमपातको सम्भावना


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको  छ।

आज दिउँसो कोशी र  गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वा अनुमान महाशाखाले जनाएको छ।

यी दुई प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन  र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहनुका साथै  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ७ : २५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु