उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन गठबन्धनका शीर्ष नेताको बैठक जारी « Khabarhub

उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन गठबन्धनका शीर्ष नेताको बैठक जारी


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ९ दलीय गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूको बैठक अहिले जारी छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा गठबन्धनका तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउनेबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई,लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायतका नेता सहभागी छन्।

उपराष्ट्रपतिका लागि गठबन्धनको जनता समाजवादी पार्टी (जसपा)ले रामसहायप्रसाद यादवलाई अघि सारेको छ। जनमत पार्टीले पनि आकांक्षा राखेको छ। उसले ममता झालाई अघि सारेको छ। यस्तै गठबन्धनकै नागरिक उन्मुक्तिले उमरै नपुगेकी अध्यक्ष रन्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने कच्चा निर्णय गरेको थियो।

उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज मनोनयन दर्ताको समय तालिका छ। मतदान आगामी चैत ३ गतेका लागि तय भएको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  १० : २८ बजे

राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल

मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर – त्रिभुवन राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-२ स्थित तिलटारमा तरकारी

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई