गठबन्धनबाट जनमतकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दिने  « Khabarhub

गठबन्धनबाट जनमतकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दिने 


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ गठबन्धनमा रहेको जनमत पार्टीले उपराष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दश दलको बैठकपछि जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो पार्टीकी ममता झाको उम्मेदवारी दर्ता गर्ने बताएका हुन् ।

राउतले गठबन्धनबाट तीन जनाले उम्मेदवारी दिने जानकारी दिए । निर्वाचन आयोगको निर्णयअनुसार पुरुष उम्मेदवार उठाउँदा भोलि खारेज हुन सक्ने खतरा भएकाले आफूहरूले ममतालाई उम्मेदवार बनाउने बताए ।

जसपाले पनि महिला र पुरुष दुवै उम्मेदवार उठाउने सम्भावना रहेको उनले बताए । छलफलको क्रममा रहेकाले भोलिसम्म गठबन्धनको एउटा मात्र उम्मेदवार हुने उनको दाबी छ । ममतालाई लोसपा र नागरिक उन्मुक्तिलगायतको समर्थन रहेको उनले सुनाए।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ११ : ०३ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

हिउँ र चिसोमा हराइरहेको डोल्पा : ६ महिना न शिक्षा न स्वास्थ्य !

काठमाडौं – देश अहिले चुनावमय बनेको छ। विभिन्न राजनीतिक दलका

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा  गण्डकी

राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

बेंगलोरबाट हराएका बैतडीका एक युवक मृत भेटिए

बैतडी– भारतको बेंगलोरस्थित मत्तेकेरे क्षेत्रबाट सम्पर्कविहीन भएका बैतडीको दोगडाकेदार गाउँपालिका–३