खोटाङमा एक हजार ८० जनाको मिर्गौला परिक्षण « Khabarhub

खोटाङमा एक हजार ८० जनाको मिर्गौला परिक्षण


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको निःशुल्क मिर्गौला परिक्षण शिविरमा ९६ जनालाई मिर्गौला रोगको प्रथम चरणको लक्षण देखा पर्न थालेको पाइएको छ ।

 विश्व मिर्गौला दिवसको अवसर पारेर दिक्तेलमा आयोजना गरिएको निःशुल्क मिर्गौला परिक्षण शिविरमा एक हजार १८० जनाको स्क्रिनिङ गर्दा ९६ जनामा मिर्गौला रोगको प्रथम चरणको लक्षण देखा पर्न थालेको पत्ता लागेको हो । 

६६१ महिला र ५१९ पुरुष सेवाग्राहीमध्ये मिर्गौलाको थप परिक्षण गर्न समन्वय गरेर गरेर जिल्ला अस्पताल पठाइएको नगरका स्वास्थ्य संयोजक खेमराज आचार्यले बताए । शिविरमा डिपिस्टिक विधिबाट मिर्गौलाको अवस्थाको अवस्थाको बारेमा परिक्षण गरिएको थियो । 

जाँचका क्रममा ४२ जनाको पिसाबमा चिनीको मात्रा देखा परेको र २०२ जनाको उच्च रक्तचाप रहेको पाइएको थियो । शिविरमा ६० वर्षमाथिका १४४ जनाले सेवा लिएका छन् । मिर्गौला रोगको प्रथम चरणको लक्षण देखा पर्न थालेका बिरामी, उच्च रक्तचाप र मधुमेहको समस्या देखा पर्न लागेका बिरामीलाई विशेषज्ञ डाक्टरले आवश्यक परामर्श प्रदान गर्नुका साथै थप जाँच र परीक्षणको लागि अस्पताल जान सल्लाह दिएका छन् । 

नगरबासीको मिर्गौलाको अवस्था बारे जानकारी लिने र मिर्गौला रोगबाट सुरक्षित राख्ने लक्ष्यका साथ नगरपालिकाले राष्ट्रिय मिर्गौला उपचार केन्द्रको प्राविधिक सहयोगमा निःशुल्क मिर्गौला परिक्षण शिविर तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । 

सरस्वती माविको प्राङ्गणमा आयोजना गरिएको शिविरमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा। ऋषिकुमार काफ्लेको नेतृत्वमा आएको टोलीले मिर्गौलाको स्क्रिनिङ, पिसाबसुगर जाँच गरेर मिर्गौलाको अवस्थाको बारेमा परिक्षण गरेका थिए ।

 मिर्गौला बिग्रिएर उपचार गराउनुपर्ने अवस्था आए लाखौं खर्च गरी उपचार गराउनुपर्ने वाध्यात्मक अवस्थासम्म पुग्न नदिन शिविरको आयोजना गरिएको मेयर तीर्थराज भट्टराईले बताए । डा. काफ्लेले मिर्गौलाको चेकजाँचसँगै जिल्लाका ७९ वडाका स्वास्थ्यचौकी प्रमुखलाई मिर्गौला रोगबाट जोगिने र रोग लागिहालेमा परिक्षण गर्ने विधिका विषयमा प्रशिक्षण दिएका छन् । 

प्रशिक्षणपछि जिल्लाका स्वास्थ्यकर्मी आ–आफ्नो वडामा मिर्गौला जाँच गर्न सक्षम बनेको स्वास्थ्य शाखा प्रमुख आचार्यले बताए । १५ वडा रहेको नगरपालिकाले नगरभित्रका १० हजार ७११ घरधुरीका घर-घरमा पुगेर ४३ हजार २९५ नागरिकको मिर्गौलाको परिक्षण गर्ने लक्ष्य राखेको छ । 

 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  २ : १५ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन