दलित समुदायमाथि भेदभाव गर्ने अध्यक्षलाई कारबाही गर्न माग « Khabarhub

दलित समुदायमाथि भेदभाव गर्ने अध्यक्षलाई कारबाही गर्न माग


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिराहामा दलित समुदायमाथि अपमानित व्यहार गरेको विरुद्धमा भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाहीको माग गर्दै सिराहाको गोलबजारमा प्रदर्शन गरेका छन्। दलितमाथि सार्बजनिक स्थानमा छोईछिट्टोको व्याबहार गरिनु कानुनी रुपमा अपराध भएको भन्दै मोर्चाले गाउँ पालिका अध्यक्षलाई कारबाहीको माग गरेका हुन्।

कोणसभामा मोर्चाका प्रदेश संयोजक शिवकुमार महराले कानुनको रक्षा गर्ने, कार्यान्वयन नगर्ने व्यक्ति र संस्थाहरु नै दलितमाथि विभेद गर्न उद्देलित भएको बताए। उनले भने, ‘कानुन निर्माता र कार्यान्वयन गर्ने व्यक्तिहरुको यस्तै रबैया रहिरहेमा दलितहरु फेरी आन्दोलित हुनुपर्ने देखिन्छ, भगवानपुर घटनाको छानविन गरी दोषिलाई कारबाही नगरे हामी आन्दोलनलाई निरन्तरता दिन्छौं।’

सोही क्रममा पूर्व जिल्ला समन्वय समिति सिरहाका सदस्य तथा अधिकारकर्मी कृष्णमाया विकले दलितहरु फेरी कानुन कार्यान्वयनको लागि एकजुट हुनुपर्ने अवस्था आएको बताए। आज पनि दलितमाथि विभिन्न खालका बिभेद भई रहेको जनाउँदै कानुन कार्यान्वयन गर्न पनि दलितले आन्दोलन गर्नुपर्ने अवस्था आएको अधिकारकर्मी विकले बताए।

पत्रकार तथा अधिकारकर्मी अर्जुन थपलियाले भागवानपुर घटना मेलमिलाप गर्ने खालको नभएको बताए। उनले भने, ‘यो घटना ६० लाख दलितहरु प्रतिको अपमान हो, सामाजिक मेलमिलापको विषय होइन, कानुनी निरुपणको विषय हो। घटनाको विषयमा छानविन गरी दोषीलाई हदैसम्मको कारबाही गरिनुपर्छ।’

नेकपा एमालेका जिल्ला सचिव समेत रहेका भगवानपुर गाउँपालिका अध्यक्ष यादवले फागुन २२ गते सोमबार आमाको मृत्युको १३ दिने भोजको आयोजना गरेका थिए। त्यही भोजमा दलित, गैरदलित र मुस्लिम समुदायलाई प्लेकार्ड र ब्यानार राखेर छुट्टाछुट्टै भोजको आयोजना गरिएको थियो।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ९ : ४५ बजे

भाद्र २३ र २४ गतेको घटनालाई एउटै आँखाले हेर्न मिल्दैन : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सहिद तथा

किएभमा रुसी आक्रमण फेरि सुरु

एजेन्सी– तीन दिनको रोकपछि रुसले युक्रेनको राजधानी किएभमा पुनः क्षेप्यास्त्र

बाँकेमा प्रदेश सरकारद्वारा १५ पुल निर्माण

नेपालगञ्ज– लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा सङ्घीयता कार्यान्वयन भएयता १५

बाँकेमा प्रदेश सरकारद्वारा १५ पुल निर्माण

नेपालगञ्ज (बाँके)- लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा सङ्घीयता कार्यान्वयन भएयता

ब्रिक्समा भारतको नयाँ एजेन्डा

नयाँ दिल्ली- भारतले सेप्टेम्बर १२ र १३ मा नयाँदिल्लीमा आयोजना