अनुदानलाई उपलब्धिमूलक बनाउन समूहमा लगानी गरिनेछ : मुख्यमन्त्री जम्कट्टेल « Khabarhub

अनुदानलाई उपलब्धिमूलक बनाउन समूहमा लगानी गरिनेछ : मुख्यमन्त्री जम्कट्टेल


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले कृषि क्षेत्रमा गरेको लगानी उपलब्धिमूलक बनाउन समूहमा लगानी गर्ने बताएका छन् ।

आज यहाँ नेपाल राष्ट्रिय कर्मचारी स¬ङ्गठन निजामती, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, कर्मचारी सङ्गठन महासङ्घ र प्रगतिशील स्वास्थ्यकर्मी महासङ्घको संयुक्त भेलाको उद्घाटन गर्दै उनले विगतमा गरिएको लगानीले जनजीवनमा प्रभाव नपारेको भन्दै यसपटक समूह वा वडालाई नै पकेट क्षेत्र बनाएर लगानी गर्ने बताए ।

प्रदेश सरकारले हरेक क्षेत्रमा उपलब्धिमूलक काम गर्नका लागि ठूला आयोजनामा लगानी गरी जनतालाई महसुस हुने गरी विकास गर्ने योजना रहेको उनको भनाइ छ । कर्मचारी सङ्गठनले विषय र योजना बनाउँदा करार र अस्थायी कर्मचारीको पनि हकहितको विषय समेट्न उनले आग्रह गरे । तल्लो दर्जाको कर्मचारीको हकहितको विषयमा गम्भीर बन्नुपर्ने उनको भनाइ छ ।

कर्मचारीका समस्या समाधानका लागि र कर्मचारीलाई सेवाग्रहीप्रति थप उत्तरदायी बनाउन प्रदेश सरकारले गर्नुपर्ने कामको विषयमा सुझाव दिनसमेत उनले कर्मचारीलाई नै आग्रह गरे।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीका अध्यक्ष राजु अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीका केन्द्रीय अध्यक्ष हरिबहादुर रावललगायतले मन्तव्य दिएका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  १० : १७ बजे

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो