भारतसँग सीमा जोडिएको क्षेत्रमा रेलमार्ग निर्माण गर्ने चीनको महत्वकाङ्क्षी योजना सार्वजनिक « Khabarhub

भारतसँग सीमा जोडिएको क्षेत्रमा रेलमार्ग निर्माण गर्ने चीनको महत्वकाङ्क्षी योजना सार्वजनिक


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनले भारतसँग सीमा जोडिएको क्षेत्रमा रेलमार्ग निर्माण गर्ने महत्वकाङ्क्षी योजना अघि सारेको छ । चीनले भारतसँग सार्वभौमिकताको विवादमा रहेको अक्साई चीन क्षेत्रमा रेलमार्ग निर्माण गर्ने योजना अघि सारेको हो ।

तिब्बतसँग सीमा जोडिएको अक्साई चीन क्षेत्रमा चीनको कब्जा रहेपनि भारतले उक्त क्षेत्रमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ ।

चीनको तिब्बत स्वशासित सरकारले जारी गरेको योजना अनुसार सो क्षेत्रमा हाल कायम १४ सय किलोमिटरको रेलमार्गलाई सन् २०२५ सम्म ४ हजार किलोमिटर विस्तार गरिनेछ ।

नयाँ योजनाअनुसार उक्त रेलमार्ग तिब्बतको सिगात्सेबाट सुरु भई अक्साई चीन हुँदै सिन्जियाङ प्रान्तको होटानसम्म पुग्नेछ । उक्त रेलमार्गको पहिलो चरण सन् २०२५ सम्म सम्पन्न भइसक्ने र बाँकी सन् २०३५ सम्म सम्पन्न गरिसक्ने चिनियाँ लक्ष्य छ ।

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच बेला बेला सीमा क्षेत्रमा झडपका घटना सार्वजनिक भइरहेको सन्दर्भमा चीनले सीमा क्षेत्रमा रेलमार्ग निर्माण गर्ने योजनालाई निकै चासोपूर्वक हेरिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ५ : ४५ बजे

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको

सीको किताब जलाएपछि चीनको गम्भीर चासो, गृहले दियो कारबाहीको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्‍याउने किसिमको घटनाका सम्बन्धमा

‘अफ्रिकन स्वाइन फिभर’का कारण एक सय बीस बङ्गुर मरे

चितवन– अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर मरेका