भारतसँग सीमा जोडिएको क्षेत्रमा रेलमार्ग निर्माण गर्ने चीनको महत्वकाङ्क्षी योजना सार्वजनिक « Khabarhub

भारतसँग सीमा जोडिएको क्षेत्रमा रेलमार्ग निर्माण गर्ने चीनको महत्वकाङ्क्षी योजना सार्वजनिक


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनले भारतसँग सीमा जोडिएको क्षेत्रमा रेलमार्ग निर्माण गर्ने महत्वकाङ्क्षी योजना अघि सारेको छ । चीनले भारतसँग सार्वभौमिकताको विवादमा रहेको अक्साई चीन क्षेत्रमा रेलमार्ग निर्माण गर्ने योजना अघि सारेको हो ।

तिब्बतसँग सीमा जोडिएको अक्साई चीन क्षेत्रमा चीनको कब्जा रहेपनि भारतले उक्त क्षेत्रमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ ।

चीनको तिब्बत स्वशासित सरकारले जारी गरेको योजना अनुसार सो क्षेत्रमा हाल कायम १४ सय किलोमिटरको रेलमार्गलाई सन् २०२५ सम्म ४ हजार किलोमिटर विस्तार गरिनेछ ।

नयाँ योजनाअनुसार उक्त रेलमार्ग तिब्बतको सिगात्सेबाट सुरु भई अक्साई चीन हुँदै सिन्जियाङ प्रान्तको होटानसम्म पुग्नेछ । उक्त रेलमार्गको पहिलो चरण सन् २०२५ सम्म सम्पन्न भइसक्ने र बाँकी सन् २०३५ सम्म सम्पन्न गरिसक्ने चिनियाँ लक्ष्य छ ।

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच बेला बेला सीमा क्षेत्रमा झडपका घटना सार्वजनिक भइरहेको सन्दर्भमा चीनले सीमा क्षेत्रमा रेलमार्ग निर्माण गर्ने योजनालाई निकै चासोपूर्वक हेरिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ५ : ४५ बजे

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन