सहिद रत्नकुमार बान्तवा बुद्धिचालको उपाधि बद्रीलाललाई « Khabarhub

सहिद रत्नकुमार बान्तवा बुद्धिचालको उपाधि बद्रीलाललाई


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

पथरी– सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिकामा सोमबार सम्पन्न प्रतियोगितामा एक सय ३६ खेलाडीलाई पछि पार्दै नेपाली उपाधि जित्न सफल भएका हुन् । उपाधिसहित उनले ५१ हजार पुरस्कार प्राप्त गरे । 

फ्रेन्डसीप चेस क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा काभ्रेपलाञ्चोकका खोमप्रसाद तिम्सिना दोस्रो र झापाका प्रकाशचन्द्र नेपाल तेस्रो भए । तिम्सिनाले ३५ हजार र नेपालले २५ हजार पुरस्कार प्राप्त गरे । चौथो भएका पुकार राईले २० हजार र पाँचौँ हुने नवीन तुण्डकारले १५ हजार पुरस्कार प्राप्त गरे । पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोलगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा सहभागी ३२ विधातर्फका खेलाडीलाई पुरस्कृत गरिएको थियो ।

पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा चार दिनसम्म सञ्चालित उक्त प्रतियोगितामा देशभरिका खेलाडी सहभागी थिए । 

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ६ : १३ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष