ताइवानलाई ‘हवाई नाकाबन्दी’ लगाउन चीनको युद्ध अभ्यास « Khabarhub

ताइवानलाई ‘हवाई नाकाबन्दी’ लगाउन चीनको युद्ध अभ्यास


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीन र ताइवानबीचको द्धन्द्ध चरम अवस्थामा पुगेको । ताइवानको सिमा नजिक युद्ध अभ्यास सुरु गरेको चीनले ताइवान माथी ‘हवाई नाकाबन्दी’ लगाउने प्रयासस्वरुप नयाँ युद्ध अभ्यास गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार चीनले सोमबार युद्ध अभ्यासको क्रममा अप्रत्यक्ष रुपमा ताइवानको घेराबन्दीसमेत गरेको छ । सो क्रममा दर्जनौ लडाकु बिमानलाई ताइवानको हवाई क्षेत्रलाई बन्द गर्ने गरी अभ्यास गरेको जनाईएको छ ।

ताइवानकी राष्ट्रपति साई इंग वेनले अमेरिकाका प्रतिनिधिसभाका सभाका सभामुख केविन मैक्कार्थीलाई भेट गरे पछि आक्रोशित चीनले ‘हवाई नाकाबन्दी’को अभ्यास गरेको हो । चिनले जारी गरेको एउटा जानकारीमा भनिएको छ कि ‘गोला बारुदले भरिएको बिमान ताइवान माथी हमला गर्नका लागि अभ्यास गरिएको हो ।’ यो युद्ध अभ्यासमा चीनले शेडोंग बिमानबाहक युद्धपोत पनि समावेश गरिएको थियो ।

चिनका इस्टर्न थिएटर कमाण्डका अनुसार गोला बारुदले भरिएका दर्जनौं एच–सिक्स के लडाकु बिमान ताइवान माथी हमला गर्नका लागि अभ्यासमा ल्याईएको हो । चिनले ताइवानलाई धम्काएको यो पहिलो घटना भने होइन, यस्तो धम्काउने कार्य चीनले बेला बेलामा गर्दै आएको छ । जो अहिले सिमा क्षेत्रमा युद्ध अभ्यास गरेर फेरी सुरु गरेको हो ।

उता, सो युद्ध अभ्यासलाई लिएर ताइवानको रक्षा मन्त्रालयले हिन्द–प्रशान्त क्षेत्रमा चीनले शान्ति र स्थिरताको गम्भिर उलङघन गरिरहेको जनाएको छ । ताइवानले अन्य देशलाई यो पनि आग्रह गरेको छ कि चीनको यो अन्तर्राष्ट्रिय सिमामा गरेको युद्ध अभ्यास बिरुद्ध आफनो धारणा बाहिर ल्याउन जरुरी छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ६ : ३५ बजे

सुनको भाउ बढेको बढ्यै, कति पुग्यो?

काठमाडौँ – नेपाली बजारमा सुनको भाउ बढेको बढ्यै छ। आज

साइकल यात्रा र जिन्दगी उस्तै हो : उपसभामुख राना

म सामाजिक अभियान्ता हुँ। मेरो जिन्दगी नै साइकलबाट समाजको यात्रा

कीर्तिपुर-दरबारमार्ग साइकल र्‍याली भोलि, तीनजनालाई साइकल उपहार

काठमाडौँ – साइकल संस्कृति अभियानको समन्वयमा शनिबार साइकल र्‍यालीको आयोजना

रुस-युक्रेन युद्धको विरोधमा भ्याटिकन सिटीको चर्च अगाडी नग्न प्रदर्शन

भ्याटिकन सिटी – रुस-युक्रेन युद्ध अझै जारी रहेको बखतमा एउटा

अत्यधिक गर्मीले रौतहटका विद्यालय एक हप्ता बन्द

रौतहट – अत्यधिक गर्मी बढेको भन्दै रौतहटमा एक हप्ताका लागि