सुदूरपश्चिम विश्वविद्यालयद्वारा लोककथा संकलन « Khabarhub

सुदूरपश्चिम विश्वविद्यालयद्वारा लोककथा संकलन


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथाहरूको संकलन गरेर प्रकाशन गर्ने तयारी थालेको छ ।

विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृति र साहित्यको अनुसन्धान संरक्षण गरी अघि बढाउने क्रममा सुदूरपश्चिमका लोककथाको संकलन गरेर प्रकाशन कार्य भइरहेको बताए। ‘यहाँको संस्कृति र भाषाका अन्य विधामा अनुसन्धानकार्य अघि बढाउने योजना छ’, उपकुलपति जोशीले भने, ‘लोककथा संकलनसँगै विश्वविद्यालयले यस क्षेत्रको उन्नयनका लागि अनुसन्धानलाई अगाडि बढाएको छ ।’

सुदूरपश्चिम विश्वविद्यालयको भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रका निर्देशक डा हरिशचन्द्र भट्टले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका लोककथा प्रकाशन गर्न लागेको बताए । ‘सौका, भोटे, राउटे, मगर र रानाथारू र डगौराथारूका लोककथा संकलन गरेर प्रकाशनको चरणमा छन्’, निर्देशक भट्टले भने, ‘हामीले सबै कथा स्थानीय भाषा र नेपाली भाषा दुवैमा प्रकाशन गरिरहेका छौँ ।’

उनले रानाथारूको लोककथा रानाथारू भाषामा, मगरका कथा मगर भाषामा प्रकाशन हुने बताए। ‘दार्चुला, बझाङ, बैतडी, बाजुरालगायत यहाँका नौ जिल्लाका लोककथा स्थानीय भाषा र नेपाली दुवै भाषामा प्रकाशन हुनेछन्’, उनले भने, ‘हाम्रो धर्म, संस्कृति रीतिरिवाज हिजो हाम्रो समाज कस्तो थियो कथाका माध्यमबाट के सन्देश दिन खोजेको त्यसको जानकारी मिल्छ ।’ उनले सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमको पुरातत्वको समेत अध्ययन गर्न लागेको जानकारी दिए ।

सुदूरपश्चिमका अग्रज साहित्यकार हेमबाबु लेखकले विश्वविद्यालयले गर्न लागेको लोककथा संकलन अत्यन्तै सकारात्मक रहेको बताए। ‘लोकथामा लोकजीवनका हरेक पाटा भेटिने, स्थानीय रहनसहन लवाइखवाइ चाडपर्व रीतिरिवाजका बारेमा यथार्थतासहितको जनश्रुति निहित हुन्छन्’, लेखकले भने, ‘यसले लोकजीवनलाई बुझ्न सहजता हुन्छ ।’ सुदूरपश्चिम विश्वविद्यालयले भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रको स्थापना गरी यहाँको भाषा र संस्कृतिको अध्ययन अनुसन्धानलाई तीव्रता दिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ६ : ४३ बजे

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान