बजेट निकासा नहुँदा मेडिकल कलेज सञ्चालन हुन सकेन « Khabarhub

बजेट निकासा नहुँदा मेडिकल कलेज सञ्चालन हुन सकेन


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी- बजेट निकासा नहुँदा डडेल्धुरामा मेडिकल कलेज सञ्चालन हुनसकेको छैन । सरकारले गत माघमा डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयको आंगीक क्याम्पसका रूपमा सञ्चालन गर्ने निर्णय गरेको भए पनि बजेट निकासा नहुँदा सो कार्य अघि बढ्न सकेको छैन ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति  अम्मरराज जोशीका अनुसार मेडिकल कलेज सञ्चालनमा आए प्रदेशका विद्यार्थीको चिकित्सा शिक्षामा पहुँच विस्तार हुनेछ । प्रदेशभरि विशेषज्ञ उपचार सेवा दिन सकिनेछ । उनले भने, ‘मेडिकल कलेजका लागि विनियोजित रकम हालसम्म निकासा हुनसकेको छैन ।’ आइतबार सम्पन्न विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा उपकुलपति जोशीले सभामा उपस्थित कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष बजेट निकासाका लागि आग्रह गरे।

आर्थिक वर्ष २०७९-८० मा विनियोजित ४० करोड हालसम्म निकासा हुन सकेको छैन । मन्त्रिपरिषद्को गत माघ १० गते बसेको बैठकले डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत रहने गरी मेडिकल कलेजका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो । मेडिकल कलेजका लागि स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भइसकेको उपकुलपति जोशीले बताए ।    

दीक्षान्त समारोहमा सहभागी प्रधानमन्त्री दाहालले मेडिकल कलेज सञ्चालनका लागि सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर यहाँका जनताको स्वास्थ्यमा पहुँच विस्तार गर्ने सरकारको योजना रहेको उनले बताए । 

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ७ : २४ बजे

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान